कुनैपनि बिरामी अस्पतालको गेटबाट फर्कनु नपरोस्ः स्वास्थ्यमन्त्री ढकाल

२० असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् ।

कोरोना विरूद्ध फ्रन्ट लाइनमा बसेर लडिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोरोनाविरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा जानकारी लिएका हुन् ।

मन्त्री ढकालले कुनै पनि समस्यामा मन्त्रालय र मन्त्रीसँगै रहेको भन्दै समाधानका लागि प्रभावकारी रूपमा आफ्ना विषय उठान गर्न अनुरोध गरेका थिए।

Advertisement

उनले सबैको सहयोगले मात्र कोरोना नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाइ प्रेरित गर्नुपर्ने बताए।

चाडबाडको मुखमा हुने भीडभाडले कोरोनाको जोखिम अझै बढ्ने सम्भावना रहेको औल्याउँदै मन्त्री ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकहरूलाई निर्देशन दिए।

Advertisement

उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्ने गरी काम गर्न निर्देशन दिए।

छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए।

उनीहरूले कोभिड १९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषय मन्त्रीसँग राखेका थिए।

मन्त्री ढकालले स्वास्थ्यका विज्ञ, प्रदेशका सामाजिक विकास मन्त्री र अन्य सरोकारवलाहरूसँग नियमित रूपमा छलफल गर्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top