दिवा खाजाको प्रभावकारितामा जोड

ललितपुर, २६ वैशाख ः विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीहरूलाई विद्यालयमा भर्ना हुन र बीचमै पढाइ छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।

दिवा खाजा कार्यक्रम लागू भएका जिल्लाहरूमा गरिएको कार्यक्रमको लाभ विश्लेषण अध्ययनले बालबालिकाको शैक्षिकस्तर सुधारदेखि परिवारको आर्थिक स्थितिमा समेत सुधार ल्याएको देखाएको छ ।

अमेरिकी कृषि विभागको सहयोगमा विश्व खाद्य कार्यक्रम र मास्टरकार्डले नेपाल सरकारसँग मिलेर दिवा खाजा कार्यक्रम लागू भएका जिल्लामा हालै गरिएको अध्ययनमा विद्यार्थीको शैक्षिक गुणस्तर, स्वास्थ्यमा सुधार, बालबालिकाको भर्ना दरमा वृद्धि हुनुको साथै परिवारलाई अतिरिक्त लाभ पुगेको देखिएको छ ।

Advertisement

हालै विद्यार्थीलाई दिवा खाजाका लागि खाजा दिने र नगद दिने दुई खालका अभ्यास प्रयोगमा ल्याइएको छ । सो अध्ययनले खाजा नै दिँदा एक अमेरिकी डलरको लगानीले ५.२ डलर र नगद दिएको अवस्थामा ४.१ डलरको हिसाबले राष्ट्रिय अर्थतन्त्रमा प्रतिफल आउने विश्लेषण गरेको छ ।

अमेरिकी कृषि विभागको सहयोगमा हाल मध्य तथा सुदूरपश्चिमका ११ जिल्लामा खाद्यान्नमा आधारित र १९ जिल्लामा नगदमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ ।

Advertisement

राष्ट्रिय दिवा खाजा कार्यक्रमको लागत लाभ विश्लेषण प्रतिदवेदनमाथि छलफल गर्न विश्व खाद्य कार्यक्रमले आज यहाँ आयोजना गरेको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले दिवा खाजा कार्यक्रमको प्रभावकारिता रहेकाले देशभर नै विस्तार गर्न पहल भइरहेको बताए ।

उनले स्थानीय कृषिमा प्रत्यक्ष प्रभाव पार्ने गरी बढीभन्दा बढी पोषणको फाइदा लिने गरी कार्यक्रमको तर्जुमा गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

शिक्षाका लागि कृषि परियोजनाका निर्देशक विष्णु अधिकारीले हाल शिक्षा विभाग र परियोजनामार्फत सञ्चालन हँुदै आएकोमा परिवर्तित समयमा एकद्वार प्रणालीबाट सञ्चालन गर्न प्रयास भइरहेको उल्लेख गर्दै यस कार्यक्रममा तीनवटै तहका सरकारले पनि लगानी गर्नुपर्ने धारणा राखे।

सो अवसरमा विश्व खाद्य कार्यक्रम नेपालका राष्ट्रिय प्रतिनिधि विभागका प्रतिनिधि पिप्पा ब्रार्डफोर्ड, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललगायतका वक्ताहरुले पनि दिवा खाजा कार्यक्रमको प्रभावकारिताका बारेमा प्रकाश पारेका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top