Nepal Times
Nepal Times
3
Shares

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई

२० असाेज, काठमाडौँ ।

सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

ब्ल्याकहोल र सापेक्षवादको सिद्धान्तको अन्तर्सम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक रोजर पेनरोजलाई आधा र ग्यालेक्सीबारे अध्ययन गरेका गेन्जेल र घेजलाई बाँकी आधा गरी संयुक्तरुपमा तीन जनालाई यो पुरस्कार प्रदान गरिएको हो ।

यूकेमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए। गेन्जेल र गेजले हाम्रो आकाशङ्गाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए।

पेनरोज बेलायती वैज्ञानिक हुन् भने उनी अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । त्यस्तै जर्मन नागरिक गेन्जेल म्याक्स प्ल्यांक इन्स्टिच्युट फर एक्स्ट्राटेरेस्टियल फिजिक्सका निर्देशक हुन् भने बर्कली विश्वविद्यालयका प्राध्यापक हुन् । त्यसै गरी अमेरिकी नागरिक गेज क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक हुन् । विजेताले गोल्ड मेडल र एक करोड स्विडिस क्रोनर प्राप्त गर्नेछन् ।

सोमबार चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिक हार्भी जे अल्टर, चार्ल्स एम राइस र माइकल हाउटनलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.