NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ? आइतवार साउन १८ , २०८२
एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको आइतवार साउन १८ , २०८२
तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे आइतवार साउन १८ , २०८२
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने आइतवार साउन १८ , २०८२
हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य आइतवार साउन १८ , २०८२
Next
Prev

समाचार

अनलाइनबाट शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान

बुधबार अशोज २१ , २०७७
Reading Time: 1 min read
A A
अनलाइनबाट शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ आश्विन, काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् ।

राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो ।

अनलाइनबाट दैनिक डेढ घण्टासम्म अध्ययन गर्ने गरेकामा विद्युत् आपूर्तिमा अवरोधकै कारण पढाइ छुट्टी समस्या भइरहेको गोकर्णेश्वर–२ स्थित चण्डिकाश्वरी अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ५ की छात्रा सचिना थापाले दुखेसो पोखिन् ।

LS Auto

गोकर्णेश्वर क्षेत्रमा आइतबार २४सै घण्टा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । विगत एक महिनादेखि दिउँसो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने समयमै दैनिकजसो दुईदेखि तीन घण्टासम्म बत्ती जाने गरेको छ ।

जोरपाटीबाट सुन्दरीजलसम्मको सडक विस्तारका क्रममा रहेकाले पटकपटक दिउँसो पोल सार्न, बत्ती बिग्रिएका स्थानमा बनाउनेलगायत कामले विद्युत् आपूर्तिमा अवरोध हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण गोकर्ण नो लाइट कार्यालयका प्रमुख उमेशमान चिनियाँ विभिन्न स्थानमा विद्युत् तार, ट्रान्सफर्मरलगायत उपकरण बनाउनुपर्ने भएकाले विद्युत् आपूर्तिमा अवरोध आउने गरेको स्वीकार गर्छन् ।

आइतबार भने बौद्धमा टिपरले ट्रान्सफर्मर ढाल्दा २४ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध भएको उनले सुनाए । टिपरले तीनवटा पोल ढालेको प्राधिकरणले जनाएको छ । करिब १३ हजार ग्राहक रहेको र भौगोलिकरूपमा पनि नुवाकोट र सिन्धुपाल्चोकसम्म जोडिएको काठमाडौँको बस्ती हेर्न जम्मा छ जना मात्र कर्मचारी भएकाले काममा ढिलाइ हुने गरेको छ ।

कार्यालयका कर्मचारी अस्मिन चालिसे भौगोलिकरूपमा विकट क्षेत्र रहेको कार्यालयका लागि दिइएको बा१य ४९० नंको गाडी लिएर बत्ती बिग्रिएको स्थानमा बनाउन जाँदा नगुड्ने अवस्था आउने गरेको दुखेसो पोख्छन् ।

बिग्रिएको बत्ती बनाउन जाँदा गाडी नै बिग्रने गरेकाले बनाउन ढिला हुँदा ग्राहकको गुनासो आउने गरेको छ । नेपालकै दोस्रो जलविद्युत् केन्द्र सुन्दरीजल रहेको गोकर्णेश्वर क्षेत्रमा दैनिक घण्टौँ बत्ती जाने समस्या भए पनि समाधानका लागि प्रभावकारी उपाय अवलम्बन हुनसकेको छैन ।

गाउँगाउँमा सिंहदरबार पुग्यो भनिए पनि सिन्धुपाल्चोक र नुवाकोट जिल्लासँग सीमा जोडिएको बस्तीका मानिस मासिकरूपमा रु ८० विद्युत् शुल्क तिर्न रु ५०० खर्च गरेर चावहिलसम्म पुग्नुपरेको मूलखर्कका स्थानीयवासी हर्कबहादुर तामाङले बताउनुभयो ।

सुन्दरीजल वा गोकर्णसम्म बत्तीको पैसा तिर्ने गरी काउन्टरको व्यवस्था गरिदिए सहज हुने उनको भनाइ छ । विद्युत् आपूर्तिमा अवरोध आउन थालेपछि गोकर्णेश्वर नगरपालिका शिक्षा समितिले असोज १६ गतेदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पठनपाठन विद्यालयमै शुरु गरेको छ ।

विद्यालयको बस नचलाउने, विद्यालयमा खाजा, खानाको नबनाउनेलगायत व्यवस्था गरेर विद्यालय खोल्ने निर्णय गरिएको शिक्षा समिति सदस्य श्रीकृष्ण ज्योतिले राससलाई जानकारी दिए। अभिभावकले नै सुरक्षितरूपमा विद्यार्थीलाई विद्यालयसम्म पु¥याउने गरी सञ्चालन गर्ने दिने निर्णय गरिएको उनले सुनाए ।

समितिले कोरोनाको महामारीका बेला विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका नै तयार पारेको छ । समितिको निर्णयपछि पनि गोकर्णेश्वरका सबै सामुदायिक विद्यालय खुले पनि संस्थागत विद्यालय भने खुलिसकेका छैनन् ।

प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ अनलाइन कक्षा विद्युत् आपूर्ति, इन्टरनेटको कमजोरी, मोबाइल तात्ने समस्या, विद्यार्थीको आँखामा हुने समस्यालगायत कारण प्रभावकारी नभएकाले बिहानैदेखि विद्यार्थीका बीचमा दूरी कायम गरी कक्षा सञ्चालन शुरु भएको बताउनुहुन्छ ।

एक मेचमा एक जनामात्र विद्यार्थी राखेर स्वास्थ्य सुरक्षाका उपाय अपनाइ पठनपाठन शुरु भएको विद्या व्यायाम स्कूलको प्रधानाध्यापकसमेत रहेका उनले जानकारी दिए । अनलाइनबाटै शैक्षिकसत्र प्रभावकारी हुने नदेखिएकाले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको प्याब्सनको विश्लेषण छ ।(रासस)

लोकप्रीय

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२

विचार

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२

थप समाचार

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?
अन्तर्राष्ट्रिय

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने
अन्तर्राष्ट्रिय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.