२१ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका छन् ।
पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोध अन्तर्गत बुधबार कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन् ।
स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वकालदेखिको वस्ती मास्ने र पशुपति क्षेत्र भित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरि गुरुयोजना ल्याइएको आरोप लगाएका छन् ।
शुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्र भित्र रहेका १ सय ४० पर्व र ४० वटा भन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताए । कोषले ल्याएको गुरुयोजनाको खारेजिको माग गर्दै आफुहरुले दोस्रो चरणको विरोध स्वरुप बुधबार कोषको कार्यालय घेराउ गरिएको बताए ।
बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम बैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तो नाटक गरिरहेको बताए । तर सरकाले स्थानीयका कुनैपनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको बताए ।
उनले खासगरी स्थानीयले गुरोयोजना खारेज गर्न, पशुपति क्षेत्र विकास कोषको खारेज गरी काठमाडौंमा महानगरपालिका अन्तर्गत ल्याउन माग गरेको उनले बताए । तर सरकारले संवेदनशिल नभएकाले कोभिड संक्रमणको जोखिको अवस्थाकाबिच पनि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए ।
पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्ताव सहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो । कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफल सम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।