फेरि जनतालाई धोका नहोस् : डा. केसी

२१ असोज ७७, बिहीबार

काठमाडौँ : चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताएका छन् । २४ दिनदेखि अनशनरत उनले बुधबार राति कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै जनदबाबबाट बाध्य भएर सम्झौता गर्ने र पुनः उल्लंघन गर्ने चक्र चलिरहँदा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सबैभन्दा बढी सत्याग्रह गर्नुपरेको बताए ।

डा. केसीले ओलीकै पालामा पाँच पटक सत्याग्रह गरेका छन् । सरकारबाट वार्ता टोली गठन गरिएको सन्दर्भमा उनले भने, ‘वार्ता टोली बने पनि अन्तिम निर्णय लिने ओलीजी नै हो । वार्ता टोलीभन्दा पनि ओलीजीले जे गर्नुहुन्छ, त्यही हुन्छ । माग पूरा नभएसम्म मेरो सत्याग्रह जारी रहन्छ ।’ यसअघि पनि जनदबाब थेग्न नसकेरै सरकारले सम्झौता गरेको स्मरण गर्दै उनले अब भने समस्या समाधान नै हुनुपर्नेमा जोड दिए । ‘वार्ता सफल होस्, तीन करोड जनताको मागमा फेरि धोका नहोस्,’ उनले भने, ‘ओलीजीले जनभावना बुझेर केही माफिया/बिचौलियाको कुरा नमान्नुहोस्, यही मेरो कामना छ ।’

सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको छ । त्यसलगत्तै डा. केसी पक्षबाट पनि चार सदस्यीय वार्ता टोली बनेको छ । सरकारी टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।

Advertisement

डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

१९ औं सत्याग्रहमा रहेका डा. केसीलाई हाल बोल्न अप्ठ्यारो भइरहेको छ । स्वास्थ्य स्थिति थप जटिल बन्दै गएकाले उपचारमा संलग्न चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले स्वीकार गरेका छैनन् । हाल उनलाई अक्सिजन दिइराखिएको छ ।

माग सम्बोधनमार्फत डा. केसीको जीवनरक्षाका लागि दबाब सिर्जना गर्न चिकित्सकहरूले बिहीबारदेखि आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गर्ने भएका छन् । सरकारले ७२ घण्टे अल्टिमेटमलाई वास्ता नगरेपछि चिकित्सक संघले स्वास्थ्य सेवा बहिष्कारको कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले वार्ता टोली बनाए पनि विरोध कार्यक्रम जारी रहने संघका अध्यक्ष डा. कार्कीले बताए ।

‘वार्ता टोली मात्र बनाएर भएन, वार्ता कसरी हुन्छ, त्यो पनि हेर्नुपर्छ, त्यसले हाम्रो आन्दोलनको स्वरूप निर्धारण गर्छ,’ उनले भने, ‘आजै (बुधबार) राति वार्ता टोली डा. केसीसँग बसे हुन्थ्यो तर भोलि दिउँसो ४ बजे बस्ने कुरा सुन्दै छु । स्वास्थ्य खस्कँदो भएकाले जति चाँडो वार्तामा बस्नुपर्‍यो ।’ संघ आन्दोलनमा गइसकेको स्थितिमा थेग्न नसकिने देखेपछि मात्र सरकारले वार्ता टोली निर्माण गरेको जनाउँदै डा. कार्कीले भने, ‘सरकारले संवाद प्रारम्भ गर्नु स्वागतयोग्य भए पनि यसका लागि २३ दिन कुर्नु अत्यन्त दुःखद हो । सत्ताले स्वाभाविक रूपमा नभई थेग्न नसक्ने स्थिति देखेपछि मात्र वार्ता समिति गठन गर्न बाध्य भएको हो ।’

चिकित्सक संघले विज्ञप्ति जारी गर्दै बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने जनाएको छ । सेवा बहिष्कारको समय चिकित्सक संघका शाखा कार्यालय, देशभरका स्वास्थ्य संस्था र अस्पतालको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाएर सामाजिक दूरी कायम गर्दै धर्नासमेत गर्ने जनाएको छ । बिहीबारदेखि नै देशभरका संघका शाखा कार्यालय, देशभरका स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा कालोपट्टी बाँधेर रिले अनशन गर्ने निर्णय संघले गरेको हो ।

संघले शुक्रबार एक दिनका लागि देशभरिको स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ । तर सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने शुक्रबारको कार्यक्रम वार्ताको दिशा, सरकारको नियत र प्रतिक्रिया हेरेर पछिका लागि स्थगन गर्न सकिनेसमेत डा. कार्कीले बताए । चिकित्सक संघले सरकारले चाहेको अवस्थामा जुनसुकै बेला वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्नसमेत तयार रहेको जनाएको छ । डा. कार्कीले आफ्नो विरोधका कार्यक्रमबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिको जिम्मेवार सरकार हुने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँग वार्ता गर्न टोली गठन भएको जानकारी दिए । ‘उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,’ मन्त्री पोखरेलले भने, ‘बिहीबारबाटै वार्ता थाल्न भनेको छु ।’ डा.केसी ६ बुँदे माग राखेर १९ औं अनशनमा छन् । उनका माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । वार्ता टोलीका संयोजक मैनालीले बिहीबारबाटै वार्ता थालिने प्रतिक्रिया दिए । ‘साँझ मात्रै टोली बन्यो, पहिले हामी छलफल गर्छौं, त्यसपछि डा. केसीसँग वार्ताका लागि प्रारम्भिक काम थाल्छौं ।’, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top