झन्डै ११ हजारलाई श्रम स्वीकृति, ५० भन्दा बढी देशमा जान अनुमति

२२ असोज ७७, बिहीबार
Share this
690shares

काठमाडौँ : विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका बीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको छ । गत असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ गतेदेखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।

Advertisement

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति खुला भएयता १० हजार ७८७ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७६४ जना महिला छन् । पुनः श्रम स्वीकृति लिने करिब १० हजार छ सय र नयाँ श्रम स्वीकृति लिने झण्डै दुई सय जना रहेको पनि विभागले जनाएको छ । ५० भन्दा बढी देशमा जान श्रम स्वीकृति लिइएको जनाइएको छ ।

विभागका अनुसार गत असारमा दुई हजार ४९४ जनाले र साउनमा दुई हजार ९७९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै भदौमा एक हजार ५२५ जनाले र असोज २० गतेसम्म तीन हजार ७८९ जनाले श्रम स्वीकृति लिएका छन् ।

Advertisement

वैदेशिक रोजगार कार्यालयका प्रमुख विनु बज्राचार्यले वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिने जाने कुल सङ्ख्याको देशगत रूपमा तथ्याङ्क नराखिए पनि सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसिया, कुवेत, जापान जानका लागि रहेको जानकारी दिनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top