सर्वसाधारणको पहुँचबाहिर स्वास्थ्य सेवा

२१ असोज ७७, बिहीबार

काठमाडौँ : बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि पत्नी र पाँच छोराछोरी लिएर काठमाडौं आए। उनी गोकर्णको सुन्ताखानस्थित गाई फार्ममा काम गर्न आएका थिए। गाउँमा जति हाडछाला घोट्दा पनि गुजारा नचलेपछि एकजना हितैषीले उनलाई काठमाडौं ल्याएका थिए। उनी परिवारसहित आफ्नैजस्तो गरेर गाई फार्ममा घोटिन थाले। खानेबस्ने सुविधाबाहेक मासिक २० हजार रुपैयाँ पारिश्रमिक मिल्थ्यो।

Advertisement

२०७६ फागुन पहिलो सातातिर नरजितको कम्मर दुख्न थाल्यो। उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गए। अस्पतालले उनलाई नसामा समस्या रहेको बतायो र वैशाखमा आउन भन्यो। नरजित अलि दिन घरमै बसे। दुखाइ बढेपछि उनी फागुन अन्तिम साता काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल गए। उपचार खर्च ३ लाख रुपैयाँ लाग्ने बताइयो। उनीसँग त्यति पैसा जुटाउने स्रोत थिएन।

चैत पहिलो साता राष्ट्रिय ट्रमा सेन्टर पुगे। नेपालमा कोरोना संक्रमण सुरु भइसकेकाले अस्पतालले उनलाई भर्ना लिन मानेन। त्यहाँका कर्मचारीले उपचारका लागि २ लाखजति लाग्ने बताए। यताउता गर्दा उनीसँग भएको ५० हजार रुपैयाँ सकियो। २०७७ वैशाखदेखि उनको कम्मरमुनिको भाग चल्न छाड्यो। थला परेपछि परिवारसहित उनी गाई फार्मबाट निकालिए। त्यसपछि गोकर्णको एउटा टहरामा ओत लागेको नरजितको परिवार अहिले समाजसेवीको सहयोगको भरमा छ। नरजित कुनै मनकारीले सहयोग गरे अनि सरकारी अस्पतालले मौका दिए आफ्नो उपचार हुने आशामा छन्।

Advertisement

धापासी बस्ने म्याग्दीकी २९ वर्षीया रीता केसी २०७५ माघ पहिलो साता पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराउन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगिन्। उनलाई दुई वर्षपछिको शल्यक्रिया मिति दिइयो। निजी अस्पतालमा शल्यक्रिया गर्दा लाग्ने खर्च जुटाउन नसक्ने भन्दै रिता पालो कुरेर बसेकी छन्। कोरोना संक्रमणको महामारी फैलिएपछि त्यो पालो पनि आउने/नआउने टुंगो छैन। ‘गाह्रो भएको छ, अस्पतालको भरोसामा कहिलेसम्म बाँचिने हो, थाहा छैन,’ उनले भनिन्, ‘अलि गाह्रो भएपछि लकडाउनकै बेला फेरि अस्पताल गएकी थिएँ, डाक्टरले अहिले शल्यक्रिया हुँदैन भनेर फर्काइदिए।’, याे खबर नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top