विराटनगरमा होम आइसोलेशनमा रहेका एक वृद्धको मृत्यु

२२ असोज ७७, बिहीबार

२२ आश्विन, विराटनगर ।
कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका एक बृद्धको मृत्यु भएको छ।

Advertisement

विराटनगर ५ का ८२ वर्षीय बृद्धको बिहीबार बिहान करिब साढे ६ बजे मृत्यु भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका नगररक्षक राजन पौडेलले होम आइसोलेशनमा बसेका बृद्धको मृत्यु भएको बताए ।

बृद्धलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिएपछि अशोज १७ स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए। बुधबार रातिबाट वृद्धको स्वास्थ्यमा थप समस्या देखिएको थियो ।

Advertisement

पौडेलले शवको व्यवस्थापन नियम अनुसार हुने जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ८८ जनाको मृत्यु भएको छ । जसमा २३ महिला र ६५ पुरुष रहेका छन् । विराटनगर महानगरपालिकामा भने मृतकको संख्या २० पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top