२२ आश्विन, काठमाडौं ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच बिहीबार सिंहदरबारमा वार्ता भइरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधि बीच वार्ता भइरहेको छ । डा. केसीसँग वार्ता गर्नका लागि सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन । सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो ।
वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन । चिकित्सा शिक्षा सुधारकालागि विभिन्न मागहरु राख्दै डा. केसीले भदौ २९ गते देखि जुम्लाबाट अनशन सुरु गरेका थिए ।
डा. केसीले आमरण अनशन शुरु गरेको बिहीबार २५ औं दिन पुगेको छ ।