विराटनगर र धरानमा ४ संक्रमितको मृत्यु, प्रदेश १ मा मृतकको संख्या ९३ पुग्यो

२३ असोज, विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा गरी चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो ।

नोबेलमा रंगेली नगरपालिका-९ र धरान उपमहानगरपालिका -१२ का पुरुषको मृत्यु भएको हो । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका-४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो ।

१७ असोजमा नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका-१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुईजना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका-६ का ६८ वर्षीय पुरुषको बिहीबार राति साढे १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा दीर्घ रोग थिएन ।

प्रतिष्ठानमा दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top