कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण

२४ आश्विन, कैलाली ।
कैलालीको टीकापुरमा आइसोलेशनमा बसिरहेका कोरोना सङ्क्रमितलाई टीकापुर नगरपालिकाले हाइजेनिक किट्स वितरण गरेको छ ।

नगरपालिकाले टीकापुरको सिटीहल र टीकापुर अस्पतालमा रहेको कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण गरेको हो । निड्स नेपाल कञ्चनपुरको सहयोगमा ४६ जनालाई किट्स वितरण गरिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सहयोगमा १५ जनालाई हर्लिक्स पनि वितरण गरिएको छ । आइसोलेशनमा रहेका महिला र बालबालिका गरी १५ जनालाई आधा किलोको दरमा हर्लिक्स वितरण गरिएको हो ।

Advertisement

टीकापुर नगरपालिकाका सङ्क्रमितको सङ्ख्या २०२ पुगेको छ । ५५ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् भने टीकापुरमा सक्रीय सङ्क्रमितको सङ्ख्या ४७ रहेको छ । सङ्क्रमितमा पनि २८ जना अस्पतालको आइसोलेशनमा र १९ जना सेल्फ आइसोलेशनमा बसेका छन् । (रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top