×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मलेसियामा महाथिर मोहमदको सानदार जित, विश्वका सबैभन्दा बृद्ध प्रधानमन्त्री

२७ बैशाख २०७५

क्वालालम्पुर, २७ वैशाख ः मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ ।

उनको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो । यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको छ ।

Advertisement
Advertisement

महाथिर हाल ९२ वर्षका छन् । ९२ वर्षका एकजना डाक्टर महाथिर पुनः सत्तामा आउने तयारी गरेको समाचार मलेसिया र एसियाका अधिकांश मिडियाले बिहीबार सम्प्रेषण गरेका छन् ।

बिगतमा आफैले नेतृत्व गरेको दल बारिसन नेसनल पार्टी र विगतका आफ्नै कार्यकर्ता रहेका मलेसियाका नेता तथा वर्तमान प्रधानमन्त्री नजिब रजाकलाई चुनौती दिएर उनले नजिबको सत्ता ढालेका हुन् ।

प्रधानमन्त्री नजिबको पछिल्लो कार्यकाल भ्रष्टाचारका कारण विवादमा परेको थियो । सो विवादका कारण महाथिरले यसअघि सन्यास लिइसकेको राजनीतिमा पुनः फर्किएका थिए ।

राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएर निर्वाचनमा होमिएका महाथिरले सरकार निर्माणका लागि आवश्यक बहुमत हासिल गरेका छन् ।

महाथिरले मलेसियालाई सन् १९८१ देखि २००३ सम्म शासन गरेका थिए । त्यस समय उनी विकासका एकजना बिम्बका रुपमा मलेसिया र बाहिर पनि चिनिएका थिए ।

रजाकको शासनकालमा मलेसियाली नागरिकले भ्रष्टाचारका साथै विभिन्न जातीय तनावहरू पनि सहनु परेको थियो । सोही कारण मलेसियामा सो राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आफ्नो खाँचो महसुश गरेको भन्दै महाथिर पुनः राजनीतिमा अएका थिए ।

सरकार गठन गर्न यहँको सदनमा ११२ सिट आवश्यक पर्दछ । तर महाथिरको नेतृत्वको विपक्षी दलीय गठबन्धनले ११५ स्थान जितेको छ । त्यसैले उक्त गठबन्धनले सुविधाजनक रुपमा सरकार बनाउने सुविधा पाएको छ ।

यहाँका विश्लेषकहरूले बिहीबारको चुनावी परिणामलाई आश्चर्यजनक भनेका छन् । महाथिरको यस गठबन्धनको जितले मलेसिया स्वतन्त्र भएपछि नै सरकारको नेतृत्व गरिरहेको वारिसन पार्टीको शासनकालको अनायासै अन्त्य गरिदिएको छ ।

पछिल्लो चुनावी परिणामलाई यहाँका राजनीतिक विश्लेषकहरुले नाटकीय भनी संज्ञा दिएको भए पनि ९२ वर्षे नेताको सत्तामा फर्कने इच्छाका कारण यहाँको राजनीतिक परिदृश्यमा आशालाग्दो अवस्था भने देखिएको छ ।

यसअघि रजाकको सरकार निकै विवादमा परेपछि संसद् विघटन गरिएको थियो । संसदको विघटन गरी ६० दिनभित्र आम निर्वाचनका लागि सोही सरकारले आह्वान गरेको थियो ।

महाथिरले बिहीबारै साँझसम्ममा सपथ लिने भएका छन् । अबको सरकारको नेतृत्व गर्न लागेका महाथिर अब विश्वका नै एक वृद्ध कार्यकारी प्रमुखका रुपमा रहने पनि प्राप्त समाचारहरुमा जनाइएको छ ।

गएराति निर्वाचन परिणाम घोषणा भएसँगै उनको गठबन्धन समर्थक नागरिकले ठूलो संख्यामा विजय जलुश निकालेका थिए । उनीहरुले महाथिरको पुनरागमनको लागि आग्रह पनि गरिरहेका थिए ।

Advertisement

निर्वाचन परिणाम घोषणा भएपछि पनि महाथिर पुनः सत्तामा फर्किने वा नफर्किने भन्ने बारेमा विभिन्न अड्कलबाजीहरु भएका थिए । तर पछिल्लो निर्णयमा उनले प्रधानमन्त्रीको सपथ लिने भने पछि यहाँको राजनीतिक परिस्थिति फेरिएको समाचारहरु आएका छन् ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top