कक्षा १२ को परिक्षा सम्पन्न गरेका विद्यार्थीलाई कोबास कलेजद्धारा विदाई

Share this
675shares

विराटनगर, वैशाख २७
विराटनगर –१० स्थित कोबास कलेजले कक्षा १२ को परिक्षा भर्खरै सम्पन्न गरेका आफ्ना विद्यार्थीलाई विदाई गरेको छ । सो कलेजमा अध्यन गरेर १२ कक्षाको परिक्षा सम्पन्न गरेका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रमका बिच विदाई गरिएको हो ।

Advertisement

 

कलेजमा अध्यन गरेका दुवै संकायका २३ औं ब्याचका विद्यार्थी ३ सय ५० जनालाई मायाँको चिनो प्रदान गर्दै बिदाई गरेको हो । सोहि अवसरमा हिसान परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको छ ।

Advertisement

कार्यक्रममा कलेजका कलेजका प्राचार्य सुनिलकुमार श्रेष्ठ, सञ्चालकहरु प्रा.डा.रमेश अधिकारी, ज्ञोनेश्वर साह, डा. विनोद महासेठ तथा कलेजकी शिक्षिका हिमा पराजुलीलगायतले शुभकामना दिँदै विद्यार्थीहरुलाई विदाई गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top