आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस

२७ असोज, काठमाडौं । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । विपद् जोखिम न्यूनीकरणमैत्री सुशासनः सुरक्षित भविष्यका लागि हाम्रो अभियान भन्ने नाराका साथ नेपालमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान सवा १० बजे भर्चुअल रुपमा उद्घाटन तथा सम्बोधन गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो । नेपालमा यो वर्ष ६ महिनाको अवधिमा बाढीरपहिरो तथा चट्याङबाट मात्रै तीन सयभन्दा धेरैले ज्यान गुमाएका छन् । बाढी र पहिरोमा ७० जनाभन्दा धेरै हराइरहेका प्राधिकरणको तथ्याङ्क छ ।

Advertisement

२०७२ सालको भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति गरेको थियो । मानविय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढीरपहिरो, हिमपहिरो तथा भूकम्पको जोखिममा छ ।

भूकम्पको हिसाबले विश्वको ११ औँ तथा बाढीरपहिरोलगायतका प्रकोपका हिसाबले ३० औँ स्थानमा छ । नेपालमा पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ । यसपाली कोरोना भाइरसको सङ्क्रमणले विश्वमा नै असर गरेको छ ।

Advertisement

विपद्ले मानविय क्षतिसँगै विपद्पछिको राहत, उद्दार, पुनःस्थापना र पुनर्निर्माणका काम खर्चिलो हुँदै आएको छ । प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सतर्कता अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

सम्बन्धित समाचार

Scroll to Top