तत्काल जारको पानीको मूल्य नबढाउने सरकार र व्यवसायीबीच सहमति

२७ असोज ७७, मंगलबार

२७ असोज, काठमाडौं । तत्काल जारको पानीको मूल्य नबढाउने सरकार र व्यवसायीबीच सहमति भएको छ ।

Advertisement

व्यवसायीले आफूखुशी पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेर बढेको मूल्य फिर्ता गरी तत्काल नबढाउने सहमति गरेको हो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको छ ।

यसअघि नेपाल बोटल वाटर उद्योग सङ्घले असोज १८ गतेदेखि जारको पानीको मूल्य बढाउने निर्णय गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top