×

NEPAL TIMES UPDATES

Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026

कोरोना उपचारका लागि आयुर्वेदिक औषधिको माग बढ्दो

२७ आश्विन २०७७

२७ असाेज, काठमाडौं ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउँछन् ।

“विसं २०७६ चैतअघि तुलसी चियाको खपत वार्षिकरुपमा सरदर सात हजार २३१ पोका हुन्थ्यो, यस वर्ष सात महिनामै १३ हजार ६५७ पोका बिक्री भइसकेको छ, माग बढिरहेकाले अरु बनिरहेको छ, यसवर्ष पहिलोपटक बनाइएको गुर्जोको चिया गुडुची सात हजार ३४७ पोका बजारमा गइसकेको छ”, उनले भने ।

समितिबाट गत वर्ष अश्वगन्धा ८१८ पोकामात्र बिक्री भएको थियो । यस वर्ष छ हजार ३८८ पोका गइसकेको छ । यसैगरी यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २०२ पोका बिक्री भइसकेको छ । गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुई हजार २७१ पोका बिक्री भइसकेको छ । कात्तिक लागेसँगै समितिले रोग प्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ ।

मागअनुसार पूर्ति गर्न धौधौ भए पनि अहिलेसम्म समितिले बजारमा आवश्यकताअनुसार पूरा गर्न सफल भएको छ । कोरोना भाइरसको फैलावटसँगै गुर्जोका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउँछन् ।

“गुर्जोसँगै अमला पनि लगाउनुपर्छ, अमलालाई बिर्सनुभएन, गुर्जोसँगै अमला पनि आम्दानीको स्रोत बन्छ, अमला र गुर्जो पनि भयो भने रोग प्रतिरोधी क्षमता बढाउँछ, गुर्जो जुन बिरुवामा जान्छ, त्यसैको गुण लिने भएकाले गुर्जो र अमलासँगै लगाउनुपर्छ”, उनले भने ।

उपत्यकामा वाग्मतीलगायत नदी किनार, गोकर्ण लगायत स्थानमा धेरै सङ्ख्यामा गुर्जो रोपिए पनि अमला नरोपिनु उत्पादनका दृष्टिले समेत ठीक हुँदैन । व्यावसायिक रुपमा अमला खेती गरे समितिले सबै किनिदिने प्रतिबद्धता जनाएको छ । समितिले गुर्जोको चिया कोभिडपछि बनाएको हो । विगत वर्षमा अमलाबाट बनेका परिकारको माग पनि कम थियो ।

गुर्जो, अमलालगायत जडीबुटीबाट बनेका परिकार अनुसन्धानबाट प्रमाणित नभएसम्म कोरोनाकै औषधि भन्न नसकिए पनि रोग प्रतिरोधी क्षमता बढाउने उत्पादनका रुपमा उपयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पुर्याउँछ भनी अनुसन्धान शुरु गरेको छ । परिषद्का प्रवक्ता मेघनाथ धिमाल अनुसन्धानका लागि तालीम सकी अरु काम अघि बढेको बताउँछन् ।

केन्द्रका सबै सङ्क्रमित निको भए

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसोलेसनमा राखिएका करिब ७०० कोरोना सङ्क्रमित ठीक भएर घर फर्किएका छन् । केन्द्रमा ल्याइएको कोरोना सङ्क्रमितमध्ये हालसम्म कसैको पनि निधन नभएको कार्यकारी निर्देशक राम आधार यादवले जानकारी दिए । केन्द्रमा राखिएका सङ्क्रमितलाई बिहान योग, प्राणायामलगायत व्यायाम गराइन्छ । तिनलाई रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ । यहाँ आवश्यक परेको अवस्थामा अक्सिजनको व्यवस्था पनि गरिएको छ । केन्द्रमा २०० जना सङ्क्रमित राख्न सक्ने क्षमता छ ।

आयुर्वेद चिकित्सकका रुपमा करिब ४० वर्ष सेवा गरेका डा शेषराज आचार्य रुघाकै प्रकृतिको रोग भएकाले सम्पर्कबाट सर्ने भएकाले यस्ता रोगमा आयुर्वेद प्रभावकारी हुने बताउँछन् । रोग प्रतिरोधी क्षमता भएकामा यसले धेरै असर गर्दैन । सङ्क्रमण भएमा सितोपलादि चूर्ण १०० ग्राम, गोदन्दी भष्म १० ग्राम, अभ्रक भष्म १० ग्राम, गुर्जोको धुलो (गिलोय सत्व) ५० ग्राम मिसाएर बिहान, दिउँसो र बेलुका मन तातो पानीसँग खाएमा ठीक हुने उनले बताए ।

आयुर्वेद चिया ‘इम्युन टी’ सेवन गर्ने, सामान्य व्यायाम गर्ने, पानीको बाफ लिने गर्नाले निको हुने उनले बताए । कोरोनाका क्रममा १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आएमा महामृत्युञ्जय वा त्रिसुन बटी नामको दुई गोली मन तातो पानीमा घोलेर खाएमा निको हुने हाल पनि चाबहिलमा शेष आयुर्वेद क्लिनिक चलाइरहनुभएका आयुर्वेद विभागका पूर्व महानिर्देशक आचार्यले जानकारी दिए ।

गुर्जो निःशुल्क वितरण तीव्र

राजधानीमा कोरोनाको फैलावटसँगै गुर्जोको बिरुवा, धुलो र चिया निःशुल्क वितरण गर्ने अभियान पनि तीव्र भएको छ । सशस्त्र प्रहरी बल सिनामङ्गलमा २०० बिरुवाका साथै चिया र औषधिको धुलो प्याकेट वितरण गरिएको गुर्जो अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले राससलाई जानकारी दिए ।

पतञ्जलि योग समितिको आयोजनामा काँडाघारी क्षेत्रका स्थानीयवासीलाई ५००, ललितपुर महानगरपालिका–२५ भैँसेपाटी ६००, नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय २००, भक्तपुर क्यान्सर अस्पत्ताल ४००, चन्द्रागिरि नगरपालिकालाई २००, महानगरीय प्रहरी वृत्त थानकोट २०० बिरुवा हस्तान्तरण गरिएको छ ।

गुर्जोको बिरुवा वितरण गरिएका सबै स्थानमा गुर्जोलगायत जडीबुटीबाट बनेको चिया खुवाउने, चिया तथा धुलो औषधि वितरणसमेत गरिएको छ । वितरण गरिएका स्थानामा कोरोना देखिएका परिवारलाई गुर्जोको विशेष प्याकेटको व्यवस्था गरिएको छ । त्रिभुवन पार्कमा गुर्जो लगाउनसमेत निःशुल्क वितरण अभियानले सहयोग गर्ने भएको छ ।

यसैगरी ललितपूर महानगरपालिका–१० को ज्वागलस्थित बराह टोल सुधार समितिलाई २००, बूढानीलकण्ठ नगरपालिकाको वडा नं १० र ११ मा २००, टोखा नगरपालिकालाई ६०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताएका छन् ।

गुर्जोबाट बनेको सबै रोगमा उपयोगी हुने धुलो औषधि पनि बिरुवासँगै वितरण गरिएको छ । टोखा नगरपालिकामा मनमोहन मेमोरियल अस्पतालका विभागीय प्रमुख डा.श्यामेन्द्रबहादुर सिंहलाई समेत बिरुवा र गुर्जोबाट बनेका औषधि वितरण गरिएको थियो । मेडिकल डाक्टर पनि गुर्जोको चिया तथा धुलो औषधिको नियमित सेवनकर्ता रहेको अभियानकर्मी राजलवटले बताए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top