क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

२८ असाेज, एजेन्सी ।

पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको परीक्षणमा उनलाई काेराेना पोजिटिभ देखिएको पोर्चुगलको फुटबल फेडेरेसनले जनाएकाे छ।

‘उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,’ फेडेरेसनले भनेको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।

पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.