×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

दुग्ध संस्थानकै २ लाख किलो बटर म्याद गुज्रेका

२८ आश्विन २०७७

काठमाडाैँ : नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर डेट एक्सपायर भेटिएको छ । संस्थानले प्रशोधन गरी घिउ तयार पार्न राखेको बटरको ‘डेट एक्सपायर’ भएको भेटिएको हो ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनका क्रममा दुग्ध विकास संस्थानको बालाजु गोदाममा घिउ तयार पार्न राखिएको बटर डेट एक्सपायर भएको फेला परेको समितिले जनाएको छ ।

महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वको अनुगमन टोलीले दुग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टमा चार वटा गोदाममा रहेको बटर सबै डेट एक्सपायर भेटिएको बताएको छ ।

भण्डारीले संस्थानको गोदाममा भेटिएको डेट एक्सपायर बटरको नमुना परीक्षणका लागि ल्याएको जनाए । उनले भने, ‘दुग्ध विकास संस्थानले १ लाख ९४ हजार ९ सय ७५ किलो डेट एक्सापायर बटर पोखराको सुजल डेरीबाट खरिद गरेको पाइएको छ । बटरको प्याकेजिङमा उत्पादित मितिले आठ महिनाअघि नै उपभोग गरिसक्नुपर्ने उल्लेख छ ।’

तर, संस्थानको गोदाममा भएका अधिकांश प्याकेजिङ गरेका बटर डेट एक्सपायर नै छन् । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनवरीमा निर्मित बटर संस्थानको गोदाममा भेटिएको हो । पोखराको सुजल डेरीबाट खरिद गरिएको बटरमा दुग्ध संस्थानकै प्रशासन समितिले पनि छानबिन गरिरहेको पाएको छ ।

उनले भने, ‘संस्थानले बटरको डेट एक्सपायरका बारेमा कुरा गरेको छैन । तर, संस्थानमा अधिकांश बटर डेट एक्सपायर नै छन् । हामीले अन्यभन्दा पनि दुग्ध संस्थानले उत्पादन गर्ने दुग्धजन्य वस्तु उपभोग छ छैन भनी केन्द्रित भइ अनुगमन गरेका हौं । हामी डेट एक्सपायरको विषयलाई नै लिएर कारबाहीका लागि सिफारिस गर्नेछौं ।’

संस्थानको प्रशासन समितिको सहमतिमा बिक्री रोक्का गरिएको छ । भण्डारीले मंगलबार दुग्ध विकास महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँग भेट नभएको हुँदा बुधबार फेरि संस्थानमा जाने बताए । त्यसपछि छानबिन गरी कानुनी कारबाहीका लागि सिफारिस गर्ने बताए ।,आजको राजधानी दैनिकमा समाचार छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top