×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

कोरोनाले छिनेको खुसी : एकै परिवारका ३ जनाको मृत्यु

२८ आश्विन २०७७

काठमाडाैँ : छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे। बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको मृत्यु भयो ।

यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ जना सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ । जेठा छोरा र माहिली बुहारी पनि काठमाडौंमा भेन्टिलेटरमै उपचार गराइरहेका छन् ।

Advertisement
Advertisement

तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्यो ।खेती किसान मुल पेसा थियो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । समयक्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले । प्रगतिशील साहित्यकार उनी साहित्यमा राम विनय नामले चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा काम गरेपछि रिटायर्ड भएका थिए ।

माहिला कृष्णकुमार र साहिला विष्णुकुमार व्यापार व्यवसायको सिलसिलामा आफ्नै गाउँठाउँ फर्के । तनहुँको हाल भीमाद नगरपालिका वडा ६ मा दुई भाइले कपडा व्यापार गरे । कृष्णकुमार नेकपा प्रदेश कमिटिका पूर्व सल्लाहकार भएर काम पनि गरे । उनी पूर्व जिविस सदस्य पनि थिए । साहिला विष्णुकुमार नेकपाका जिल्ला सदस्य मात्र रहे । कान्छा अमृतकुमार भने चितवनमै बाबुआमासँग बसे । एक मात्र छोरीको विवाह भएर पोखराका जीवनयापन हुँदै आएको थियो ।

जीवन हाँसीखुसी नै थियो । तर असोज तेस्रो साता श्रेष्ठ परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिर्यो । परिवार छिन्नभिन्न बनायो । एक साता अन्तरमा असोज १८ साँहिला विष्णुकुमारको, असोज २४ मा माहिला कृष्णकुमारको र असोज २५ मा बाबु धर्मकुमारको निधन भयो ।

भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बाबु धर्मकुमार २ साता अघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आउँथ्यो । चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा भर्ना गरिएका उनलाई बढी च्यापेपछि काठमाडौं मेडिसिटी रेफर गरियो । उपचार क्रममा त्यहाँ कोरोना पुष्टि भएका उनको असोज २५ मा निधन भयो ।

त्यसअघि नै विष्णुकुमारको असोज १८ मा चितवनकै सिएमसीमा निधन भएको थियो । सो घटनाको भोलिपल्ट माहिला कृष्णकुमारलाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौं बिएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएको उनको भाइ बितेको ५ दिनपछि अर्थात असोज २४ मा उपचारकै क्रममा मृत्यु भयो ।

त्यस्तै श्रेष्ठ परिवारमा अर्को मृत्यु भोलिपल्टै थपिएको हो । घरका मिँयो धर्मकुमारको मेडिसिटीमा उपचार सिलसिलामा निधन भएको हो । यता, परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौमा उपचार भैरहेको छ । यस्तै, माहिली बुहारी (कृष्णकाी श्रीमती) विश्वशान्ति पनि कोेरोना संक्रमित छिन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भैरहेको भिमाद वडा ६ का वडाध्क्ष श्यामसुन्दर जोशीले जानकारी दिए।

Advertisement

यतिमात्र कहाँ हो र साहिली बुहारीको सोमबार मात्र पिसिआर टेष्टमा पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमाद घरमै आइसोलेसनमा बसेकी छन् । उनको गाडीका चालकलाई पनि कोरोना देखिएको छ । परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा अमृतकुमार भने असोज १७ मा निको भएका छन् ।,आजको राजधानी दैनिकमा समाचार छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top