खानाका पारखीका लागि गुद्री बजारमा खुल्यो ‘द बिर्यानी कर्नर’

खानाका पारखीका लागि गुद्री बजारमा खुल्यो ‘द बिर्यानी कर्नर’

१ कात्तिक, विराटनगर । विराटनगरस्थित नयाँ गुद्रीबजारमा खानाका पारखीका लागि ‘द बिर्यानी कर्नर’ खुलेको छ ।

शनिबारदेखि विराटनगर–११ गुद्री बजारमा होटल मेरो नेपालको पश्चिम पट्टि ‘द बिर्यानी कर्नर’ खुलेको हो । विराटनगरका दुई युवा जावेद खान र अमन श्रेष्ठले करिब २५ लाखको लगानीमा बिर्यानी कर्नर संचालनमा ल्याएका हुन् ।

वैदेशिक रोजगारीबाट फर्किएपछि अब नेपालमै केही गरौं भन्ने उद्देश्यले बिर्यानी कर्नर नाम दिएर रेस्टुरेन्ट व्यवसाय सुरु गरेको संचालक जावेद खानले बताए ।

महामारीका बेला लकडाउनले बेरोजगार भएका १० जना युवाहरुलाई रोजगारी दिएर सञ्चालनमा आएको बिर्यानी कर्नरमा विर्यानी बाहेक भेज ननभेज मम, छोलाभटोरा, सेकुवा लगायतका खानेकुरा बजारभन्दा सुपथ र गुणस्तरीय रुपमा पाइने अर्का संचालक श्रेष्ठले बताए ।

रेस्टुरेन्टमा अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था पनि गरिएको छ । उद्घाटनका अवसरमा पहिलो दिन बिर्यानी कर्नरमा २० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.