×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो

२ कार्तिक २०७७

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायामा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा खासै संवेदनशील बन्न नसकेको भन्दै अध्यक्षद्वयलाई यस विषयमा गम्भीर भएर लाग्नुपर्ने पार्टी कार्यकर्ताको सुझाव छ ।

Advertisement
Advertisement

पार्टीका विभिन्न कमिटीले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गरे पनि नेतृत्वमा रहेकाहरूले कार्यान्वयन नगर्दा एकताका बाँकी काम ओझेलमा परेको हो । नेकपाभित्र देखिने गरेको एकपछि अर्को किचलोका कारण पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेलमा पर्दै गइरहेको छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो ।

पार्टी एकता घोषणा कार्यक्रममै शीर्ष नेताले तीन महिनाभित्रैमा पार्टी एकताका सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको अढाई वर्ष पूरा भए पनि एकताको बाँकी काम टुंगो लाग्न सकेको छैन् ।

पार्टी केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीले विभिन्न समयमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गरे पनि ती निर्णयहरू त्यसै थन्कँदै आएका छन् ।

‘पार्टी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गर्छ । तर नेतृत्वकै बीचमा सधंै किचलो नै भइरहेका कारण एकताको काम ओझेलमा पर्दै गइरहेको छ,’ नेकपा सचिवालयका एक सदस्यले भने, ‘एकताले अन्तिम रूपमा पाउन नसक्दा हजारांै कार्यकर्ता जिम्मेवारीविहीन भइरहेका छन्, जुन दुःखद हो ।’

सत्तारूढ दलका साथै सबैभन्दा ठूलो दल भएका कारण पार्टीमा बहस हुनु राम्रो भए पनि बैठकका निर्णय कार्यान्वयन गर्नमा नेतृत्व सचेत हुनुपर्ने ती सदस्यले बताए । नेतृत्वले चासो नदिएकै कारण पार्टी एकताका काम ओझेलमा परेको उनको दाबी छ ।

पछिलो समयमा सम्पन्न सचिवालय बैठकपश्चात् अध्यक्षद्वय ओली र दाहालबीच पटक पटक छलफल भएको छ । तर, ती छलफल पार्टी एकताका काम समयमै टुंग्याउने विषयमा नभएको नेकपा स्रोतको दाबी छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, नियुक्तिलगायतकै विषयमा मात्रै छलफल केन्द्रित भएकाले पार्टी एकताको काम ओझेलमा परेको हो ।

सरकार पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिसहित पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा अध्यक्षद्वयका बीचमा निरन्तर छलफल जारी रहेको भए पनि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

गत ६ असोजमा सम्पन्न सचिवालय बैठकले पार्टी एकताका बाँकी काम टुंगो लगाउने निर्णय गर्दै ठोस प्रस्ताव तयारी गर्नका लागि अध्यक्षद्वय ओली र दाहालका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । तर, सचिवालय निर्णयअनुसार तोकिएकै समयभित्रमा ठोस प्रस्ताव तयार गर्न सकिएको छैन ।

सचिवालयको निर्णयअघि केन्द्रीय कमिटीले समेत एकताको बाँकी काम टुंगो लगाउन १५ दिनको समय दिएको थियो । गत १५–१९ माघमा बसेको केन्द्रीय कमिटी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निश्चित समया अवधि दिए पनि त्यसको समेत पालना हुन सकेको थिएन ।

Advertisement

पछिल्लो पटक सम्पन्न स्थायी कमिटी बैठकले समेत असोज महिनाभित्रमा पार्टी एकताका बाँकी काम टुंगो लगाउन निर्णय गरेको थियो । तर, असोजमा ओली र दाहालबीच भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top