अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड लगाउनैपर्ने

२ कात्तिक, काठमाडौं । अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ ।

सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् ।

Advertisement

यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए ।

‘यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन्, अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगानुपर्ने छ,’ उनले भने,‘यो व्यवस्थाले सार्वजनिक सवारीबाट महामारी फैलिने जोखिम कम हुनेछ ।’

Advertisement

उनले यात्रु आफैं आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने पनि बताए । बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर पनि लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्नेलगायतका सावधानी अनाए कोरोनाबाट जोगिन सकिने उनले बताए ।

अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ । विभागले फेससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको छ ।

विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यत्राुलाई आग्रह गरेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top