×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

दोहोरो सुपर ओभरमा पन्जाबद्वारा मुम्बई पराजित

३ कार्तिक २०७७

३ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो ।

आईतबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको आईपीएलको को ३६ औं खेलमा जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । त्यसपछि पहिलो सुपर ओभरमा पन्जाबले ५ रन जोड्दा जवाफमा मुम्बईले पनि ५ रन नै जोडेपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले ११ रन जोड्दा पन्जाबले १ बल बाँकी रहँदै लक्ष्य प्राप्त गर्यो ।

Advertisement
Advertisement

पहिलो सुपर ओभरमा पहिलो ब्याटिङ गरेका पन्जाबका केएल राहुलले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा जसप्रित बुमराहले निकोलस पुरनलाई क्याच आउट गराए । त्यसपछि दुई बलमा राहुल र दीपक हुडाले १–१ रन जोडे । पाँचौ बलमा राहुलले २ रन जोडे । अन्तिम बलमा राहुल एलबीडब्लु आउट भएपछि पन्जाब मात्र ५ रनमा समेटियो ।

जवाफमा ६ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि क्विन्टन डीककले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा रोहित शर्माले पनि एक रन नै जोडे । तेस्रो बलमा मोहमद शामीले एक रन दिँदा चौथो बलमा भने रोहित शर्माले रन निकाल्न सकेनन् । पाँचौ बलमा रोहितले १ रन लिए । अन्तिम बलमा दोस्रो रन लिने क्रममा डीकक रन आउट भएपछि खेल पुनस् बराबर भएको थियो ।

त्यसपछि दोस्रो सुपर ओभरका लागि मुम्बईले हार्दिक पान्ड्या र काइरान पोलार्डलाई पठाएको थियो । क्रिस जोर्डनको पहिलो बलमा पोलार्डले सिंगल लिए । त्यसपछि वाइड फ्याँकेका जोर्डनले दोस्रो बलमा पनि १ रन दिए । तेस्रो बलमा पोलार्डले चौका प्रहार गरे ।

चौथो बलमा पोलार्डले दोस्रो रन लिने क्रममा हार्दिक रनआउट भए । पाँचौ बलमा पोलार्डलाई अम्पायरले कट बिहाइन्ड दिएपनि रिभ्यु लिँदै निर्णय उल्टाए । अन्तिम बलमा पन्जाबका मयंक अग्रवालले पोलार्डको ठूलो प्रहारलाई बाउन्ड्रीमा उत्कृष्ट फिल्डिङ गरेपछि मुम्बईले २ रनमात्र जोड्यो ।

जवाफमा दोस्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पछ्याउने क्रममा क्रिस गेलले पहिलो बलमा नै ट्रेन्ट बोल्टलाई छक्का प्रहार गरे । दोस्रो बलमा गेलले १ रन जोडे । तेस्रो बलमा मयंकले चौका प्रहार गर्दै जितनजिक पुर्याए । चौथो बलमा पनि मयंकले चौका प्रहार गर्दै पन्जाबलाई जित दिलाए ।

त्यसअघि १ सय ७७ रनको लक्ष्य पछ्याउने कर्मम दोस्रो इनिङमा पन्जाबका ओपनर तथा कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र ३ छक्का सहित ७७ रनको महत्वपूर्ण योगदान दिएका थिए । १८ औं ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले राहुललाई योर्करमा बोल्ड आउट गरेपछि खेल रोमान्चक बनेको थियो ।

पन्जाबलाई जितको लागि अन्तिम ओभरमा ९ रन आवश्यक परेको थियो । अन्तिम बलमा जितको लागि दुई रन चाहिँएको अवस्थामा दोस्रो रन लिनेक्रममा क्रिस जोर्डन १३ रनमा रन आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । दिपक हुडा १६ बलमा १ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे ।

 

चौथो ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले ओपनर मयंक अग्रवालललाई ११ रनमा बोल्ड आउट गरे । स्पिनर राहुल चहरको दशौं ओभरको पहिलो बलमा क्रिस गेल २४ रनमा ट्रेन्ट बोल्टबाट क्याच आउट हुन पुगे । गेलले २१ बलमा १ चौका र २ छक्का प्रहार गरे । बुमराहको १३ औं ओभरको पाँचौ बलमा निकालेस पूरन २४ रनमा नाथन कुल्टर नाइलबाट क्याच आउट भएपछि पन्जाब दबाबमा परेको थियो ।

पुरनले १२ बलमा २ छक्का र २ चौका प्रहार गरे । लगातार खराब प्रर्दशन गर्दै आएका अलराउन्डर ग्लेन म्याक्सवेलले खाता समेत खोल्न सकेनन् । राहुल चहरले म्याक्सवेललाई रोहित शर्माबाट शून्यमा क्याच आउट गराए । जस्प्रित बुमराहले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । राहुल चहरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । मुम्बईका काइरन पोलार्डले तल्लोक्रममा आक्रामक रुपमा रन जोड्दै १२ बलमा १ चौका र ४ छक्का सहित ३४ रनमा अविजित रहे । नाथन कुल्टर नाइल १२ बलमा ४ चौका सहित २४ रनमा अविजित रहे ।

सातौं विकेटका लागि नाथन कुल्टर नाइल र पोलार्डले २१ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मुम्बईले अन्तिम तीन ओभरमा कुनै विकेट नगुमाउँदै ५४ रन जोड्दै बलियो योगफल बनाएको हो ।

ओपनर तथा विकेटकिपर क्विन्टन डी ककले ४३ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनको योगदान दिए । डी कको यो लगातार तेस्रो अर्धशतक हो । मुम्बईको सुरुवात खराब रह्यो । तेस्रो ओभरको पाँचौ बलमा युवा तीव्र गतिका बलर अर्शदीप सिंहले कप्तान रोहित शर्मालाई ९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए ।

चौथो ओभरको तेस्रो बलमा मोहम्मद शामीले सूर्यकुमार यादवलाई मुरुगन आश्विनबाट शून्यमा क्याच आउट गराए । अर्शदीपको छैटौं ओभरको पहिलो बलमा इशान किशन ७ रनमा आश्विनबाट क्याच आउट हुन पुगे ।

रबि बिश्रोईको १४ औं ओभरको पाँचौ बलमा क्रुनाल पान्ड्या दीपक हुडाबाट ३४ रनमा क्याच आउट गराए । क्रुनालले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कमजोर सुरुवात गरेको मुम्बईलाई चौथो विकेटको लागि डी कक र क्रुनालले ५८ रनको साझेदारी गरेका थिए । हार्दिक पान्ड्या ८ रनमा क्याच आउट हुन पुगे । क्रिस जोर्डनको १७ औं ओभरको तेस्रो बलमा क्विन्टन डी कक मयंक अग्रवालबाट क्याच आउट हुन पुगेका थिए ।

Advertisement

अर्शदीप सिंहले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र रबि बिश्रोईको नाममा एक एक विकेट रह्यो । पन्जाबले मंगलबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने मुम्बईले अब शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध खेल्ने छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top