NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

दोहोरो सुपर ओभरमा पन्जाबद्वारा मुम्बई पराजित

सोमवार कार्तिक ३ , २०७७
Reading Time: 1 min read
A A
दोहोरो सुपर ओभरमा पन्जाबद्वारा मुम्बई पराजित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो ।

आईतबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको आईपीएलको को ३६ औं खेलमा जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । त्यसपछि पहिलो सुपर ओभरमा पन्जाबले ५ रन जोड्दा जवाफमा मुम्बईले पनि ५ रन नै जोडेपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले ११ रन जोड्दा पन्जाबले १ बल बाँकी रहँदै लक्ष्य प्राप्त गर्यो ।

पहिलो सुपर ओभरमा पहिलो ब्याटिङ गरेका पन्जाबका केएल राहुलले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा जसप्रित बुमराहले निकोलस पुरनलाई क्याच आउट गराए । त्यसपछि दुई बलमा राहुल र दीपक हुडाले १–१ रन जोडे । पाँचौ बलमा राहुलले २ रन जोडे । अन्तिम बलमा राहुल एलबीडब्लु आउट भएपछि पन्जाब मात्र ५ रनमा समेटियो ।

LS Auto

जवाफमा ६ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि क्विन्टन डीककले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा रोहित शर्माले पनि एक रन नै जोडे । तेस्रो बलमा मोहमद शामीले एक रन दिँदा चौथो बलमा भने रोहित शर्माले रन निकाल्न सकेनन् । पाँचौ बलमा रोहितले १ रन लिए । अन्तिम बलमा दोस्रो रन लिने क्रममा डीकक रन आउट भएपछि खेल पुनस् बराबर भएको थियो ।

त्यसपछि दोस्रो सुपर ओभरका लागि मुम्बईले हार्दिक पान्ड्या र काइरान पोलार्डलाई पठाएको थियो । क्रिस जोर्डनको पहिलो बलमा पोलार्डले सिंगल लिए । त्यसपछि वाइड फ्याँकेका जोर्डनले दोस्रो बलमा पनि १ रन दिए । तेस्रो बलमा पोलार्डले चौका प्रहार गरे ।

चौथो बलमा पोलार्डले दोस्रो रन लिने क्रममा हार्दिक रनआउट भए । पाँचौ बलमा पोलार्डलाई अम्पायरले कट बिहाइन्ड दिएपनि रिभ्यु लिँदै निर्णय उल्टाए । अन्तिम बलमा पन्जाबका मयंक अग्रवालले पोलार्डको ठूलो प्रहारलाई बाउन्ड्रीमा उत्कृष्ट फिल्डिङ गरेपछि मुम्बईले २ रनमात्र जोड्यो ।

जवाफमा दोस्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पछ्याउने क्रममा क्रिस गेलले पहिलो बलमा नै ट्रेन्ट बोल्टलाई छक्का प्रहार गरे । दोस्रो बलमा गेलले १ रन जोडे । तेस्रो बलमा मयंकले चौका प्रहार गर्दै जितनजिक पुर्याए । चौथो बलमा पनि मयंकले चौका प्रहार गर्दै पन्जाबलाई जित दिलाए ।

त्यसअघि १ सय ७७ रनको लक्ष्य पछ्याउने कर्मम दोस्रो इनिङमा पन्जाबका ओपनर तथा कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र ३ छक्का सहित ७७ रनको महत्वपूर्ण योगदान दिएका थिए । १८ औं ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले राहुललाई योर्करमा बोल्ड आउट गरेपछि खेल रोमान्चक बनेको थियो ।

पन्जाबलाई जितको लागि अन्तिम ओभरमा ९ रन आवश्यक परेको थियो । अन्तिम बलमा जितको लागि दुई रन चाहिँएको अवस्थामा दोस्रो रन लिनेक्रममा क्रिस जोर्डन १३ रनमा रन आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । दिपक हुडा १६ बलमा १ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे ।

 

चौथो ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले ओपनर मयंक अग्रवालललाई ११ रनमा बोल्ड आउट गरे । स्पिनर राहुल चहरको दशौं ओभरको पहिलो बलमा क्रिस गेल २४ रनमा ट्रेन्ट बोल्टबाट क्याच आउट हुन पुगे । गेलले २१ बलमा १ चौका र २ छक्का प्रहार गरे । बुमराहको १३ औं ओभरको पाँचौ बलमा निकालेस पूरन २४ रनमा नाथन कुल्टर नाइलबाट क्याच आउट भएपछि पन्जाब दबाबमा परेको थियो ।

पुरनले १२ बलमा २ छक्का र २ चौका प्रहार गरे । लगातार खराब प्रर्दशन गर्दै आएका अलराउन्डर ग्लेन म्याक्सवेलले खाता समेत खोल्न सकेनन् । राहुल चहरले म्याक्सवेललाई रोहित शर्माबाट शून्यमा क्याच आउट गराए । जस्प्रित बुमराहले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । राहुल चहरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । मुम्बईका काइरन पोलार्डले तल्लोक्रममा आक्रामक रुपमा रन जोड्दै १२ बलमा १ चौका र ४ छक्का सहित ३४ रनमा अविजित रहे । नाथन कुल्टर नाइल १२ बलमा ४ चौका सहित २४ रनमा अविजित रहे ।

सातौं विकेटका लागि नाथन कुल्टर नाइल र पोलार्डले २१ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मुम्बईले अन्तिम तीन ओभरमा कुनै विकेट नगुमाउँदै ५४ रन जोड्दै बलियो योगफल बनाएको हो ।

ओपनर तथा विकेटकिपर क्विन्टन डी ककले ४३ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनको योगदान दिए । डी कको यो लगातार तेस्रो अर्धशतक हो । मुम्बईको सुरुवात खराब रह्यो । तेस्रो ओभरको पाँचौ बलमा युवा तीव्र गतिका बलर अर्शदीप सिंहले कप्तान रोहित शर्मालाई ९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए ।

चौथो ओभरको तेस्रो बलमा मोहम्मद शामीले सूर्यकुमार यादवलाई मुरुगन आश्विनबाट शून्यमा क्याच आउट गराए । अर्शदीपको छैटौं ओभरको पहिलो बलमा इशान किशन ७ रनमा आश्विनबाट क्याच आउट हुन पुगे ।

रबि बिश्रोईको १४ औं ओभरको पाँचौ बलमा क्रुनाल पान्ड्या दीपक हुडाबाट ३४ रनमा क्याच आउट गराए । क्रुनालले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कमजोर सुरुवात गरेको मुम्बईलाई चौथो विकेटको लागि डी कक र क्रुनालले ५८ रनको साझेदारी गरेका थिए । हार्दिक पान्ड्या ८ रनमा क्याच आउट हुन पुगे । क्रिस जोर्डनको १७ औं ओभरको तेस्रो बलमा क्विन्टन डी कक मयंक अग्रवालबाट क्याच आउट हुन पुगेका थिए ।

अर्शदीप सिंहले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र रबि बिश्रोईको नाममा एक एक विकेट रह्यो । पन्जाबले मंगलबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने मुम्बईले अब शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध खेल्ने छ ।

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.