दशैंँमा पनि सुनसान छन् सिनेमा हल

२ कात्तिक ७७, सोमबार

काठमाडौँ:  दशैंँ आएपछि चलचित्र क्षेत्रमा खुसियाली छाउने तथा नयाँ चलचित्र प्रदर्शन गर्ने होडबाजी नै चल्थ्यो तर यस वर्ष कोरोना महामारीले चलचित्र संसार ठप्प छ । दशैँको समयमा सबैको बिदा हुने कारण चलचित्र हेर्नेको सङ्ख्या उल्लेख्य हुने गरेको पाइथ्यो । यो वर्ष भने कोरोना भाइरसले चलचित्र उद्योग ठप्प छ ।

दशैंँमा हल सञ्चालनमा आए केही हदसम्म राहत मिल्ने अपेक्षा हल सञ्चालकहरूको थियो तर लामो बिदा हुने दशैँ पनि सुनसान हुँदा हल सञ्चालकहरूको अपेक्षा निराशामा बदलिएको छ । विगत सात महिनादेखि हल सञ्चालक करोडौँ घाटा बेहोर्न बाध्य भएको नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी बताउनुुहुन्छ । उहाँले भन्नुभयो, पछिल्लो समय चलचित्र बक्स अफिस सङ्कलनमा लगातार घाटा बेहोरिरहेको चलचित्र उद्योगले दशैँ आएपछि केही राहत हुने थियो ।

आशा गरिएका चलचित्र पनि दर्शकले मन नपराएपछि चलचित्र उद्योग नै निराशामा परिणत भएको थियो । त्यसमाथि कोरोनाले सबैको जनजीवन नै ठप्प भएपछि चलचित्र उद्योग कसरी माथि उठाउने भन्ने प्रश्न आएको उहाँले बताउनुभयो । नयाँ वर्षसँगै तीज पर्वमा पनि चलचित्र प्रदर्शन हुन पाएन । चलचित्रले धेरै व्यापार गर्ने अर्को समय भनेको दशैंँ हो, उहाँले थप्नुभयो, दशैँमा हल सञ्चालक र निर्माताका लागि नै ठूलो राहत हुुन्थ्यो तर यस पटकको दशैँमा पनि चलचित्र क्षेत्र सुनसान नै हुने देखियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्नुहुन्छ, चलचित्र चल्न पनि चाडपर्व आउनुपर्छ जस्तो लाग्छ तर यो वर्ष नयाँ वर्ष, तीज, दशैँ सबै कोरोनाले खाइदियो । चलचित्र उद्योगलाई केही राहतका लागि चलचित्र विकास बोर्डले विभिन्न योजनाका साथै बीमाको पनि व्यवस्था गरेको जनाएको छ ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top