आइपिएलको डेब्यूमा सन्दिप लामिछानेले लिए विकेट

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीले दिएको १८२ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्सजर्सविरुद्ध सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन्।

सुरुमै बलिङमा आएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन्।

१० खेलपछि सन्दीपलाई मैदानमा उतारेको दिल्लीले उनलाई बैंगलोरको जवाफी इनिङको पहिलो ओभरमै बलिङको अवसर दिएको थियो। उक्त ओभरमा सन्दीपले २ रन मात्र दिएको थिए। एउटा चौका लेग वाइ भएको थियो।

Advertisement

यस्तै आफ्नो दोस्रो ओभरको चौथो बलमा बैंलोरका ओपनर पार्थिव पटेललाई ६ रनमा आउट बनाए।

 

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top