×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

आन्दोलनका कारण मिटर रिडिङमा समस्या

३० बैशाख २०७५

नवलपरासी, ३० वैशाख ः पूर्वी नवलपरासीको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीअन्तर्गत रहेका मिटर रिडरको आन्दोलनका कारण मिटर रिडिङमा समस्या भएको छ ।

ज्यालादारीमा रहेर मिटर रिडिङ गर्दै आएका कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि मिटर रिडिङमा समस्या भएको हो । कावासोती वितरण केन्द्रअन्तर्गत रहेका झण्डै २० जना मिटर रिडर आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएपछि केन्द्रअन्तर्गत रहेका विभिन्न क्षेत्रका सेवाग्राहीको मिटर रिडिङमा समस्या भएको छ ।

Advertisement
Advertisement

दैनिक ज्यालादारीमा काम गर्दै आएका मिटर रिडरहरुले आफूहरु स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

विद्युत् वितरण केन्द्र कावासोतीले मिटर रिडिङका लागि आवश्यक दरबन्दी नभएपछि ज्यालादारीमा मिटर रिडर राखेर काम गरिरहेको छ । झण्डै १०५ जनाको हाराहारीमा केन्द्रमा दरबन्दी कायम भएको भए पनि हाल ५० प्रतिशत पनि कर्मचारी नभएको शाखाले जनाएको छ । कर्मचारी नहुँदा कार्यालयले बाध्यताले दैनिक ज्यालादारीमा मिटर रिडर राखेको विद्युत् वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए।

Advertisement
Advertisement

मिटर रिडरहरु आन्दोलनमा उत्रिँदा ग्राहकको मिटर रिडिङ नभएको भन्दै नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रले एक सूचना जारी गरी विसं २०७५ वैशाख महिनामा मिटरमा चढेको अंक टिपेर कार्यालयको काउण्टरमा सम्पर्क राखी महशुल बुझाउन अनुरोध गरेको इन्जिनियर सापकोटाले बताए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top