×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

बुधबार साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी आइपुग्दै

४ कार्तिक २०७७

काठमाडौं : साल्ट ट्रेडिङ कर्पाेरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो ।

सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसैँपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।

Advertisement
Advertisement

साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए ।

Advertisement

उनले भने, ‘चिनीको मौज्दात कम हुने देखिएपछि सरकारलाई गत माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेका थियौं । तर, सरकारले हामीलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो ।, यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top