बम विस्फोट

बम विस्फोट

रामपुर पाल्पा ,३० वैशाख ः यहाँ आज बिहानै बम विस्फोट भएको छ ।

सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् ।

विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताए । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उनको अनुमान छ ।

यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.