नगदसहित सुनको औंठी र मोबाइल लुटपाट, २ जना पक्राउ

३ कात्तिक ७७, मंगलबार

४ कात्तिक, काठमाडौं ।
बुढानिलकण्ठ नगरपालिका-१० कपन जुगल स्कुल नजिकबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-१३ भङ्गाल बस्ने संखुवासभा घर भएका २१ वर्षीय सनिष राई र सोही ठाउँ बस्ने खोटाङ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

साे स्कुल नजिकबाट बुढानिलकण्ठ नगरपालिका-१० कपनस्थित दुर्गा मन्दिर नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका-५ घर भएका एक पुरुषको औंठी, मोबाईल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले  जनाएकाे छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top