×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आईपीएल : शीर्षस्थानको दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

५ कार्तिक २०७७

५ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपीएल)को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । मंगलबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

युवा व्याट्सम्यान निकोलस पूरनले २८ बलमा ६ चौका र ३ छक्का सहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेपछि पन्जाबको जित सहज भएको थियो । दिपक हुडा १५ र जेम्श निशम १० रनमा अविजित रहे । ड्यानियल सामलाई छक्का प्रहार गर्दै निशमले जित पक्का गराएका थिए ।

Advertisement
Advertisement

अक्षर पटेलको तेस्रो ओभरको दोस्रो बलमा कप्तान तथा ओपनर लोकेश राहुल ठूलो सट खेल्ने क्रममा मिड अनमा ड्यानियल सामबाट ११ बलमा १ चौका र १ छक्का सहित १५ रनमा क्याच आउट भए । त्यसपछि क्रिजमा आएका क्रिस गेलले आक्रामक ब्याटिङ गरेपनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । गेलले पाँचौ ओभरमा युवा तीव्र गतिका बलर तुषार देशपान्डेलाई दुई छक्का र तीन चौका सहित एकै ओभरमा २६ रन जोडेका थिए ।

तर छैटौं ओभरको दोस्रो बलमा रविचन्द्रन आश्विनले गेललाई २९ बलमा बोल्ड आउट गरे । गेलले १३ बलमा २ छक्का र ३ चौका प्रहार गरे । यसै ओभरको पाँचौ बलमा पूरनसँग तालमेल नमिल्दा मयंक अग्रवाल ५ रनमा रन आउट भएपछि पन्जाब ५६–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि पुरन र ग्लेन म्याक्सवेलले ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै पन्जाबलाई खेलमा फर्काएका थिए । तर कागिसो रबाडाले १३ औं ओभरको तेस्रो बलमा बाउन्सर फ्याँकदै एज लागेपछि पूरन पन्तबाट क्याच आउट हुन पुगेका थिए । पुरनले ब्यक्तिगत १० रनमा ठूलो जीवनदान पाएका थिए ।

आश्विनको आठौं ओभरको पाँचौ बलमा एक रन लिने प्रयास गर्दै पूरन क्रिजबाट धेरै अघि निस्के पनि म्याक्सवेलले नमानेपछि फर्किनेक्रममा पन्त रन आउट गर्न चुकेका थिए । जुन गल्ती दिल्लीलाई ठूलो भारी पर्न पुगेको छ । कागिसो रबाडाको १६ औं ओभरको पाँचौ बलमा म्याक्सवेल ३२ रनमा पन्तबाट आउट भए । म्याक्सवेलले २४ बलमा ३ चौका प्रहार गरे । कागिसो रबाडाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवन ६१ बलमा १२ चौका र ३ छक्का सहित १ सय ६ रनमा अविजित रहे । यो धवनको आइपिएलमा लगातार दोस्रो शतक हो ।

यसअघि धवनले चेन्नई सुपर किंग्सविरुद्ध १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । आइपिएल इतिहासमा लगातार दुई खेलमा शतक प्रहार गर्ने धवन पहिलो खेलाडी बनेका छन् । त्यस्तै धवनले आइपिएलमा आफ्नो ५ हजार रन पनि पूरा गरे । यो धवनको टि २० करिअरको दोस्रो शतक हो । धवनको टि २० करिअरको उत्कृष्ट इनिङ पर्दछ । धवनले शतकीय इनिङ खेल्दा अर्कोतर्फबाट दिल्लीका अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् ।

दिल्लीले पहिलो विकेट चौथो ओभरको दोस्रो बलमा गुमाएको थियो । जेम्श निशमको बलमा खराब सट खेल्दै पृथ्वी शा ग्लेन म्याक्सवेलबाट ७ रनमा क्याच आउट गराए । स्पिनर मुरुगन आश्विनको नवौं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर कप्तान लोकेश राहुलबाट १४ रनमा समातिन पुगे । ऐरले १२ बलमा १ छक्का प्रहार गरे ।

ग्लेन म्याक्सवेलको १४ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका विकेटकिपर ऋषभ पन्त लङअनमा मयंक अग्रवालबाट १४ रनमा क्याच आउट भए । पन्तले २० बलमा १ चौका प्रहार गरे । मोहम्मद शामीले १८ औं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिस अग्रवालबाट ९ रनमा क्याच आउट भए । अन्तिम बलमा शामीले शिम्रन हेटमायरलाई १० रनमा बोल्ड आउट गरे ।

पन्जाबका मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मुरुगन आश्विनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । जेम्श निशमको नाममा १ विकेट रह्यो । यो जितसँगै पन्जाब पाँचौ स्थानमा उक्लिएको छ भने प्ले अफको सम्भावना कायमै राखेको छ ।

Advertisement

दिल्लीको यो तेस्रो हार हो । दिल्लीले अब शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ भने पन्जाबले शनिवारनै सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top