५ कात्तिक, सुनसरी ।
सुनसरीको कोशी गाँउपालिका १ क्षेत्रबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाँउपालिका–५ का ३८ बर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणी ग्रामपञ्चायत–१ का २२ बर्षीय सन्तोष कुमार यादव रहेका छन् ।
विशेष सुराकीका आधारमा ईलाकाप्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतीय नागरिक सन्तोषलाई बुधबार विहान ६ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनीहरुको चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र १०८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ।