प्रधानमन्त्रीले नै मिचे कूटनीतिक मर्यादा

६ कात्तिक ७७, शुक्रबार

काठमाडाैँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लङ्घन गरेका हुन् ।

गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्छ । प्रधानमन्त्री ओलीले शंका निवारणका लागि परराष्ट्र मन्त्रालयका अधिकारी र अनुसन्धान विभागका प्रमुखलाई भेटमा राख्नुपर्थ्यो । तर उनले त्यस्तो अवश्यकता ठानेनन् ।

परराष्ट्र मन्त्रालय र सुरक्षा निकायलाई समेत जानकारी नदिइकन रअ प्रमुखलाई प्रधानमन्त्रीसँग कसले भेट गरयो भन्ने प्रश्न पनि उठेको छ । काठमाडौँस्थित भारतीय दूतावास वा अन्य निकायले भेटघाटको व्यवस्थापन गरेको हो भने पनि त्यसको जानकारी नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई हुनुपर्थ्यो । तर, त्यसो भएन ।

विभागका अधिकारीहरुले यसबारे अनभिज्ञता प्रकट गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि यसबारे अनभिज्ञता प्रकट गरेकी छन् । यसबाट रअ प्रमुखलाई सीधै प्रधानमन्त्री निवास लगेर कुन निकाय वा व्यक्तिले भेट गराएको हो भन्ने प्रश्न उठेको छ ।, आजको नागरिक दैनिकमा समाचार छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top