×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भौतिक दूरी कायम गरी कुमारी दर्शनकाे व्यवस्था

८ कार्तिक २०७७

८ कात्तिक, काठमाडौँ ।

बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिनु भएको छ ।

Advertisement

पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुनुहुने छैन । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।

कोरोना सङ्क्रमणका कारण बच्न बचाउन यो प्रकारको दर्शन व्यवस्था भएको गुठी शाखा ललितपुरका प्रमुख राजन भुजु बताउनुहुन्छ । किलागल, साँखु, बुङ्गमती, टोखा, कीर्तिपुर लगायतका नेवारी प्रचलन अनुसार नेवारी बस्तीमा रहनु भएका अन्य कुमारी पनि घरमै रहनुहुने भएको छ ।

वसन्तपुरस्थित काठमाडौँ दफ्तर क्लवका अध्यक्ष राकेश शाहीले कुमारी दर्शनमा होसियारी अपनाउन आग्रह गर्नुभएको छ । वसन्तपुरमा श्रीकुमारी, भक्तपुरमा एकान्तकुमारी र पाटनमा गणकुमारीको सांस्कृतिक क्षेत्रमा आफ्नै महत्व छ भने नेवारी वस्तीमा प्रचलनमा रहनु भएका कुमारीको छुट्टै महत्व छ ।

Advertisement

भक्तपुरमा अलग व्यवस्था
भक्तपुरको एकान्तकुमारी भने घरमै रहनु हुने भएको छ । भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीका अनुसार सर्वसाधारणले कुमारीको दर्शन पाउने छैनन् । भक्तपुर गुठी संस्थानका शाखा प्रमुख आनन्द कर्माचार्यका अनुसार एकान्तकुमारीको पूजन भने गुठियारले मात्र गर्छन् ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top