×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

कोभिडका बीचपनि राजस्वको लक्ष्य पूरा हुने अर्थमन्त्रीको विश्वास

८ कार्तिक २०७७

८ कात्तिक, काठमाडौं ।  अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन । कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवस्यकता रहेको अर्थमन्त्री पौडेलले बताए ।

उनले कतिपय कानूनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा आफु रहेको बताए । यस्तै वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतिलाई समाना गर्दै कुनैपनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफु रहेको अर्थमन्त्री पौडेलले बताए । उनले भने ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतिलाई समाना गर्ने अलग्गै योजना रहन्छ । त्यसबाहेक हाम्रा कतिपय प्रबन्धहरु कानूनी नियमगत प्रबन्धहरु छन वा अरुचिजहरु जसले पूँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भनेदेखि ती चिजहरुमा पनि हामी समग्रतामा समिक्षा गर्छौं र आवश्यक निर्णय लिदै अगाडि बढ्छौं र पूँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौं ।’ राजश्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतिपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए ।

Advertisement
Advertisement

बन्दाबन्दिका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजश्व संकलनमा चुनौति थपिएको बताए । तरपनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजश्व संकलनको स्थिति अनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताए । उनले भने ‘अहिले सम्मको स्थिति हेर्दा के देख्छौं भने राजश्व परिचालनको पाटो हाम्रा निम्ती अलिकति चुनौतिपूर्ण बनेर देखा परेको छ । बिचमा बन्दाबन्दीको अवस्थापनि रहयो । आर्थिक क्रियाकलापमा काफिमात्रामा संकुचनको अवस्था देखा प¥यो । त्यसको प्रभाव उत्पादनमा, बजारमा र रेभिन्युमा पनि परेको कुरा सत्य हो ।

अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दाखेरी हामी राजश्वको जुन लक्ष्य हो त्यसको नजिक नजिक नै पुगेका छौं । केही तल छौं तर हामी नजिक पुगेका छौं । हामी बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रवद्र्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन संकुचन छ त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा र मनस्थितिमा छौं । त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजश्वको लक्ष्य पुरा गरौंला या धेरै नजिक पुगौंला भन्ने पूर्वानुमानमा छौं ।’ यस्तै

Advertisement

सरकार र राज्यका विभिन्न निकायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताए । सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पूरानै लयमा फर्काउने लगायतको विषयमा आफु रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारे ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top