×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

आईपीएल : नाटकीय रुपमा विकेट पतन हुँदा हैदराबादमाथि पन्जाबकाे जित

९ कार्तिक २०७७

९ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनको नाटकीय जित हात पारेको छ । शनिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९।५ ओभरमा १ सय १४ रनमा अल आउट भएपछि पन्जाबले महत्वपूर्ण २ अंक हात पारेको हो ।

एक समय सहज जिततर्फ रहेको हैदराबाद अन्तिम ५ ओभरमा सम्हालिन नसक्दा पराजित हुन पुगेको हो । हैदराबादले अन्तिम १५ रन जोड्न ७ विकेट गुमाएपछि पराजित हुन पुगेको हो । हैदराबादलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिँएको थियो । १९ औं ओभरमा क्रिस जोर्डनले ३ रन खर्चेर २ विकेट लिएपछि खेल रोमान्चक बनेको थियो ।

Advertisement


अन्तिम ओभरमा हैदराबादलाई १४ रन चाहिँएको थियो । तर अर्शदीप सिंहले सुरुवाती ५ बलमा १ रन खर्चेर ३ विकेट लिदै महत्वपूर्ण जित पक्का गराए । पन्जाबलाई अन्तिम १८ बलमा २० रन बनाउन आवश्यक हुँदा हातमा ६ विकेट रहेको थियो । पन्जाबका बलरले उत्कृष्ट प्रर्दशन गर्दै महत्वपूर्ण जित पक्का गराए ।

हैदराबादलाई ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ६।२ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा रबि बिश्रोईले वार्नरलाई ३५ रनमा कप्तान लोकेश राहुलबाट क्याच गराउँदै पहिलो सफलता दिलाए ।


वार्नरले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे । आठौं ओभरको दोस्रो बलमा मुरुगन आश्विनले बेयरस्टोलाई १९ रनमा बोल्ड आउट गरे । बेयरस्टोले २० बलमा ४ चौका प्रहार गरे । मोहम्मद शामीले नवौं ओभरको पाँचौ बलमा अब्दुल सामदलाई ७ रनमा क्रिस जोर्डनलाई क्याच आउट गराएपछि पन्जाबको जितको आशा पलाएको थियो ।

१७ औं ओभरको पहिलो बलमा मनिष पान्डे १५ रनमा क्याच आउट भए । १८ औं ओभरको पाँचौ बलमा अर्शदीप सिंहले विजय शंकरलाई राहुलबाट २६ रनमा क्याच आउट गराएपछि खेल थप रोमान्चक बनेको थियो । शंकरले २७ बलमा ४ चौका प्रहार गरे ।


जेसन होल्डरलाई जोर्डनले १९ औं ओभरको तेस्रो बलमा ५ रनमा मनदीप सिंहबाट क्याच आउट गराएपछि थप रोमान्चक बनेको थियो । लगत्तै अर्को बलमा राशिद खान निकोलस पूरनबाट क्याच आउट भएपछि हैदराबादको सम्भावना कठिन बनेको थियो ।

मोहम्मद शामीले ४ ओभरा ३४ रन खर्चेर १ विकेट लिए । रबि बिश्रोईले ४ ओभरमा मात्र १३ रन खर्चेर १ विकेट लिएका थिए । क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । मुरुगन आश्विनले एक विकेट लिए । अर्शदीप सिंहले ३।५ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।


यसअघि टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो। पन्जाबकानिकोलस पूरनले २८ बलमा २ चौका सहित सर्वाधिक ३२ रनको योगदान दिए ।
पन्जाबले पाँचौ ओभरको अन्तिम बलमा ओपनर मनदीप सिंहलाई १७ रनमा गुमाएको थियो । सन्दीप शर्माको बलमा राशिद खानबाट क्याच आउट हुनुअघि सिंहले १४ बलमा १ चौका प्रहार गरे । १० औं ओभरको अन्तिम बलमा आक्रामक ब्याट्सम्यान क्रिस गेललाई जेसन होल्डरले डेभिड वार्नरबाट लङअफमा २० रनमा क्याच आउट हुन पुगे । गेलले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

११ औं ओभरको पहिलो बलमा कप्तान लोकेश राहुललाई राशिदले २७ रनमा बोल्ड आउट गरे । राहुलले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगातार खराब प्रर्दशन गर्दै आएका ग्लेन म्याक्सवेलले हैदराबादविरुद्ध पनि पन्जाबलाई निराश बनाउन पुगे ।

सन्दीपले म्याक्सवेललाई १४ औं ओभरको चौथो बलमा १२ रनमा क्याच आउट गराएपछि पन्जाब समस्यामा परेको थियो । १५ औं ओभरको दोस्रो बलमा दीपक हुडालाई राशिदले शून्यमा स्टम्पिङ आउट गराए ।

जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २९ रन खर्चेर २ विकेट हात पारे । पन्जाबले अब सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ भने हैदराबादले मंगलबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top