स्टोक्सको शतकमा मुम्बईमाथि राजस्थानको सानदार जित

१० कात्तिक, एजेन्सी ।
अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतक बनाउँदा इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ । आइतबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएलको ४५ औं खेलमा राजस्थानले मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको हाे ।

जितका लागि १ सय ९६ रनको बलियो लक्ष्य पछ्याएको राजस्थानले १८।२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित शतकीय इनिङ खेले । स्टोक्स ६० बलमा १४ चौका र ३ छक्का सहित १ सय ७ रनमा अविजित रहे । यो स्टोक्सको आईपीएलमा दोस्रो शतक हो ।

स्टोक्सले १९ औं ओभरको पहिलो बलमा जेम्श प्याटिनसनलाई मिड विकेटमा छक्का प्रहार गर्दै ५९ बलमा शतक प्रहार गरेका थिए । लगत्तै अर्को बलमा चौका प्रहार गर्दै जित पक्का गराए । स्टोक्सलाई राम्रो साथ दिएका युवा ब्याट्सम्यान सन्जु स्यामसन ३१ बलमा ४ चौका र ३ छक्का सहित ५४ रनमा अविजित रहे । तेस्रो विकेटका लागि स्यामसन र स्टोक्सले १ सय ५२ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि मुम्बई निरिह सावित बन्न पुगेको थियो ।

दोस्रो ओभरको पाँचौ बलमा ओपनर रोबिन उथप्पालाई जेम्स प्याटिनसनले कप्तान काइरन पोलार्डबाट १३ रनमा क्याच आउट गराएका थिए । पाँचौ ओभरको चौथो बलमा प्याटिनसनले स्टिभ स्मिथलाई ११ रनमा बोल्ड आउट गरेका थिए । मुम्बईका जेम्श प्याटिनसनले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै हार्दिक पान्ड्या २१ बलमा २ चौका र ७ छक्का सहित ६० रनमा अविजित रहेपनि टोलीको हार टानए सकेनन् । हार्दिकले अन्तिम ओभरमा कार्तिक त्यागीलाई तीन छक्का र दुई चौका गरि कुल २७ रन जोडेका थिए ।


तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको पाँचौ बलमा क्विन्टन डी ककलाई ६ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि सूर्यकुमार यादव र ईशान किशनले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ११ औं ओभरको चौथो बलमा कार्तिक त्यागीले जोफ्रा आर्चरबाट ईशान किशनलाई ३७ रनमा क्याच आउट गराए । किशनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

श्रेयस गोपालले १३ औं ओभरको दोस्रो बलमा बेन स्टोक्सबाट सूर्यकुमार यादवलाई ४० रनमा क्याच आउट गराए । यादवले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा कप्तान काइरन पोलार्ड ६ रनमा बोल्ड आउट भए ।


आर्चरको १९ औं ओभरको पहिलो बलमा सौरभ तिवारी ३४ रनमा स्टोक्सबाट क्याच आउट भए । तिवारीले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि तिवारी र पान्ड्याले ६४ रनको साझेदारी गरेका थिए । जोफ्रा आर्चरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले एक विकेट लिए । यो जितसँगै राजस्थानको प्ले अफ सम्भावना कायमै रहेको छ । राजस्थानले अव शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्नेछ भने मुम्बईले बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top