प्रधानमन्त्रीले लगाएनन् यस वर्ष दशैंको टीका

प्रधानमन्त्रीले लगाएनन् यस वर्ष दशैंको टीका

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् ।

सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

‘यसपाली बडादसैँलाई कोभिड– १९ का कारण पारिवारिक रुपमामात्रै बनाउन प्रधानमन्त्रीले देशवासीको नाममा संबोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ’ थापाले भने ‘उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम नराख्नसमेत निर्देशन दिनुभएको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.