दसैंको शुभकामना दिँदै चिनियाँ राजदूत यान्छीले गाइन् ‘रेशम फिरिरी…’

दसैंको शुभकामना दिँदै चिनियाँ राजदूत यान्छीले गाइन् ‘रेशम फिरिरी…’

१० कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत ’रेशम फिरिरी…’ गाउँदै दसैंको शुभकामना दिएकी छन् । आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर उनले नेपालीहरूलाई शुभकामना दिएकी हुन्।

एक मिनेट २८ सेकेन्डको भिडिओ सेयर गर्दै उनले ट्विटरमा भनेकी छन्, मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास ग¥यौं र अन्तमा हामी गाउन सफल भएका छौं।

उनले गीत सेयरसँगै ’यसले सबैलाई शौभाग्य र खुसी ल्याओस् !’ भन्दै शुभकामना पनि दिएकी छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.