×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

१० कार्तिक २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(विजया दशमीको शुभकामना)
बडादशैंको मुख्य दिन आज विजयादशमीको अवशरमा मान्यजनको हातबाट भौतिक दुरी कायम गर्दै टीका र जमरा लगाएर मनाइयो /घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा थाप्ने प्रचलन ।

Advertisement
Advertisement

२.(राष्ट्रपतिको आग्रह)
सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आह्वान /आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व भएकाले सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह ।

३.(राष्ट्रपतिको टीका)
विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा राष्ट्रपति विद्यादेवी भण्डाररुीद्वारा टीका ग्रहण /सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोनाका कारण स्थगित ।

४.(प्रधानमन्त्रीको आह्वान)
बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान /विषम परिस्थितिमा चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव ।

५.(प्रधानमन्त्रीको टीका)
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बुबा मोहनप्रसाद ओली झापामा भएकाले विजया दशमीको टीका राष्ट्रपतिको हातबाट मात्र लगाए /प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम समेत स्थगित ।

६.(उपराष्ट्रपतिको अपील)
महान चाड बडादशैंलाई कोरोना संक्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा उपराष्ट्रपति नन्दबहादुर पुनको अपील /जो जहाँ छ त्यही अवस्थामा घरमै बसेर दशैं मनाउने विश्वास व्यक्त ।

७.(यसपाली यस्तै भो…..)
महामारीका कारण यसवर्षको दशैंमा जो जहाँ छौं त्यही मनाउन सरकारको आह्वान पछि दशैं मनाउन यात्रा गर्नेहरु कमै देखिए / यसवर्ष घरघरमै र टाढा रहनेहरुले भर्चुअल र फोनबाटै दशैं मनाए ।

८.(आजको संख्या)
आजसम्म नेपालमा ८ सय ६२ जना कोरोना संक्रमितको मृत्यु / आज मात्र थपिए १७ सय ४१ संक्रमित /४ हजार ५ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ पुग्यो ।

९.(प्रधानमन्त्रीको बचाउ)
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटको बचाउ गर्दै भेटबारे प्रायोजित कुप्रचार भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाई /सरकार विरूद्ध आफ्नै पार्टीका नेताहरुले पनि गलत बहस सिर्जना गर्न खोजेको आरोप ।

१०.(मुख्यमन्त्रीको दाबी)
संघीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली र समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकार दृढ रहेको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाई /कोभिड नियन्त्रणका लागि उल्लेख्य काम गरेको दाबी ।

११.(चाडपर्वले बढ्यो जोखिम)
बडादशैं पर्वमा प्रदेश २ का सबैजसो जिल्लालगायत अन्य क्षेत्रमा जताततै मेला र उत्सवसँगै देखिने भीडभाडले सङ्क्रमणको जोखिम बढायो /सङ्क्रमण बढिरहेकै बेला दशैंमा मेला र उत्सव आयोजना नगर्न र पशुबलि रोक्न सम्बन्धित जिल्ला प्रशासनको आदेशको केही स्थानमा उल्लंघन ।

१२.(खुलामञ्चमा टीका र दक्षिणा)
लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालद्वारा खुलामञ्चमा सर्वसाधारणलाई टीक र दक्षिणा ग्रहण /आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर टीमले सरकारको कमि पुरा गरेर सर्वसाधारणको भनाई ।

१३.(राजदूतको शुभकामना)
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दिए नेपालीहरुलाई दसैंको शुभकामना /दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि राजदूतको कामना ।

१४.(भागवतको भनाइ)
चीनलाई चुनौती दिन नेपाल लगायतका छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने भारतको सत्तारुढ भाजपाको राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतको भनाई / चीनले लद्धाखमा भारतीय भूमि मिचेको भनी कडा शब्दमा आलोचना ।

र,

Advertisement
Advertisement

१५.(विश्वमा आज)
विश्वमा हालसम्म कोरोनाबाट ११ लाख ५९ हजार बढी संक्रमितको मृत्यु /४ करोड ३४ लाख बढी संक्रमित मध्ये ३ करोड १९ लाख बढी कोरोना मुक्त भए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top