रुसी सेनाको हवाई आक्रमणमा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु

१० कात्तिक ७७, मंगलबार

११ कात्तिक, एजेन्सी।

विद्रोही समूहको कब्जामा रहेको सिरियाको इडलिब प्रान्तमा रुसी सेनाको हवाई आक्रमणमा परी ५० भन्दा बढी लडाकूको मृत्यु भएको छ ।

रुसी सेनाको आक्रमणमा मारिनेहरु टर्कीको साथ पाएका सिरियाली विद्रोही समूहका लडाकू भएका बिबिसीले जनाएको छ ।

Advertisement

बिबिसीका अनुसार आक्रमणमा इस्लामी विद्रोही समूह फलेख–अल–शाम प्रशिक्षण केन्द्र ध्वस्त भएको छ । उक्त आक्रमणका कारण रुस र टर्की बीच इडलिब प्रान्तलाई लिएर भएको युद्धविराम संकटमा परेको बिबिसीले उल्लेख गरेको छ ।

यसैबीच, बेलायतमा रहेको सिरियाली मानव अधिकार अनुगमन समूहले रुसी आक्रमणमा ७८ जना सम्म मारिएका हुन सक्ने बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top