बुटवलको कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

११ कात्तिक २०७७, मंगलबार
Share this
744shares

११ कार्तिक, बुटवल ।
कोरोना संक्रमित तिलोत्तमाकी महिला र बुटवलका पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

Advertisement

कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः १७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

त्यस्तै, कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु डा. गौतमले जानकारी दिए ।

Advertisement

डा. गौतमका अनुसार दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top