११ कार्तिक, बुटवल ।
कोरोना संक्रमित तिलोत्तमाकी महिला र बुटवलका पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः १७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
त्यस्तै, कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु डा. गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।