अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धविरामको विषयमा सहमति

११ कात्तिक ७७, मंगलबार
Share this
696shares

११ कात्तिक, एजेन्सी । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धविरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो ।

Advertisement

अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम यही आइतबार मध्यरातिदेखि लागू हुने जानकारी दिएको छ। यसअघि पनि यी दुई देशकाबीचमा जारी द्धन्द्धको युद्धविराम भएको थियो।

केही दिन अघि रुसी राजधानी मस्कोमा दुई देशबीच वार्ता भएको थियो र उक्त वार्तापछि युद्धविरामको सहमति भएको समाचारमा जनाइएको थियो।
अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न अन्तर्राष्ट्रिय देश र संगठनहरुको सहमतिमा यी दुई देशका बीचमा नयाँ युद्धविरामको सहमति भएको बताइएको छ।

Advertisement

यी दुई देशका बीचमा दशकौँ देखि भूमिसम्बन्धी विवाद रही आएको छ। यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ।

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर कैयौं नागरिकले ज्यान गुमाएको पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ।

Advertisement

काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो। त्यहाँ युद्ध भने जारी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top