नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित

१० कात्तिक ७७, मंगलबार

११ कात्तिक, काठमाडौँ । सत्तारुढ नेकपाले दसैंका अवसरमा आयोजना गर्दै आएको ’शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेको र सरकारले भीडभाड नगर्न भनेर गरेको आग्रहअनुसार चियापान कार्यक्रम स्थगित गरिएको नेकपाले जनाएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले मंगलबार एक विज्ञप्ति जारी गर्दै शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चाडपर्वका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसअघि नै स्थगित गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top