×

NEPAL TIMES UPDATES

Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026
Playing
खोटाङमा श व लिएर गएको हेलिकप्टर दु र्घ टना, ६ जना सवार || Nepal Times
Mar 18, 2026
Playing
खोटाङको खार्तम्छामा हेलिकप्टर दु र्घटना, थप विवरण आउन बाँकी|| Nepal Times
Mar 18, 2026
Playing
इ रानी पर माणु संयन्त्रमा ‘प्रोजेक्टाइल’, रेड सीबाट युएस यु द्धपोत फिर्ता || Nepal Times
Mar 18, 2026
Playing
सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ? || Nepal Times
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा Balen आउने सम्भावना कम || Nepal Times
Mar 18, 2026
Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026

पूर्वपश्चिम राजमार्गका अधिकांश पक्की पुल जीर्ण, दुर्घटनाको जोखिम बढ्दै

११ कार्तिक २०७७

११ कात्तिक, महोत्तरी ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने सानाठूला नदी र खोल्साखोल्सीका पुल जीर्ण बनेको र समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।

Advertisement

महोत्तरी र धनुषासँग जोडिएको रातु तथा महोत्तरी र सर्लाहीसँग जोडिएको बाँके नदीसहित त्यसको बीचमा पर्ने १८ किलोमिटरभित्रका सबैजसो पुलमा ठूलठूला भ्वाङ्ग परेपछि सडक दुर्घटनाको जोखिम बढेको हो ।

रातु नदीका २०७५ सालमा बनेकोे नयाँ पुलमा अहिले सयौं ठाउँमा भ्वाङ्ग (दुला र खोबिल्टा) बनेका छन् । २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको सो पुल २०७५ असोजमा सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक वर्ष नपुग्दै २०७६ सालको प्रारम्भमै सो पुलमा भ्वाङ्ग पर्न लागेको थियो । अहिले यो पुलमा १०० भन्दा बढी ठूलठूला भ्वाङ्ग परेका हुन् । यो नयाँ पुल कालिका टु दी रसुवा जेवी कम्पनी काठमाण्डौले रु २४ करोंड ६० लाखमा ठेक्का बोलकबोलअनुसार निर्माण सम्पन्न गरेको हो ।

नयाँ पुल निर्माण भएको एक वर्षभित्रै कैयन पटक टालटुल गर्नु परेको यो पुलमा कमसल निर्माण सामग्रीको प्रयोगले चाँडै धरापजस्तै बनेको बर्दिवासवासी बताउँछन् । यसअघि २०७६ साल पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको यो पुल एकबर्ष चार महिनाअगावै निर्माण सम्पन्न गरेको भन्दै सबैले प्रशंसा गरेका थिए । तर, पुल प्रयोगमा आएलगत्तै खाल्डाखुल्डी बढ्दै गएर ठूलठूला भ्वाङ् देखिएपछि निर्माणमा कमसल समान प्रयोग भएको हुनसक्ने आशङ्का सर्वसाधारणमा बढेको हो ।

“धमाधम काम गरेर तोकिएको समय अगावै निर्माण सम्पन्न गर्दा खुशी भएका थियौं”, बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चुडामणि पोखरेलले भने, “तर आवागमन खुलेको एक वर्ष नपुग्दै धेरै खाल्डाखुल्डी भएका छन्, यसले कामको गुणस्तरमा प्रश्न उब्जाएको छ ।” नदीको पुरानो पुल बाढीले भासिएपछि ठेक्का बन्दोबस्तबाट काम हुनेगरि २०७३ साल असार २९ गते कालिका टु दी रसुवा जेवी काठमाण्डौले सम्झौता गरेर काम थालेको थियो । विसं २०७५ पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि यो पुल २०७५ भदौमै काम सम्पन्न भएर लाग्दो असोजमै आवागमन खुलेको थियो ।

पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खाँबा (पाया) भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो । पुलमा कालोपत्र उप्केर ठूलठूला भ्वाङ्ग बनेपछि अहिले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको आम गुनासो बढेको छ । तर, निर्माण कम्पनीका तर्फबाट पुल निर्माणका साइट इञ्चार्ज रहेका कृष्ण ढुङ्गेलले आफ्ना तर्फबाट कमसल समान प्रयोग गरेको नभइ रङ्गरोगन गर्ने बेलाको असावधानीले कालोपत्र उप्केर भ्वाङ्ग परेको हुन सक्ने बताए । “हामीले रातदिन नभनी गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरेर नै पुल निर्माण गरेका हौं”, पुलमा बनेका भ्वाङ्गबारे उनले भने–, “रङ्गरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल (पदार्थ) बढी प्रयोग गरेकाले कालोपत्र उप्केर भ्वाङ्ग परेको हो ।” कालोपत्र उप्किएर भ्वाङ्ग पर्न थालेको पुलमा अहिलेसम्म दर्जनौं पटक टालटुल पारिदै आएको पुल नजिकका बासिन्दाको भनाइ छ ।

रातु पुलमात्र नभएर जिल्लाभित्रका पूर्वपश्चिम राजमार्गमा पर्ने जङ्घा, टुटेश्वर, खयरमारा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला र बाँके नदीसहितका पुल पनि दिनानुदिन भ्वाङ्ग बढेर धराप बन्दै गएका छन् । यीमध्ये जङ्घा र मरहा क्रमशः दुई र तीन वर्षअघि पुनःनिर्माण भएका हुन् । यीबाहेक ससाना खोल्सीका पुलहरु पनि भत्कदैछन् । भब्सी नदीमा गतवर्षको बर्खामा लडाएको पुलको ठाउँमा अहिले बेलिब्रिजबाट आवागमन चलेको छ ।

पुलहरुको यो अवस्थासँगै राजमार्गको पिच (कालोपत्र) उप्केर जताततै खाल्डाखुल्डी बढेका छन् । पूर्वपश्चिम राजमार्गमा सडक र पुलको दुरावस्था बढ्दै गएपनि सम्बद्ध निकायले चासो र वास्ता नगरेको यस भेगका सर्वसाधारणको गुनासो छ । यसैबीच राजमार्ग र सडकको मर्मतसम्भारको जिम्मेवारी लिएका सडक डिभिजन कार्यालय मुजेलियाले यसपाली कोभिड–१९ सङ्क्रमणका सन्त्रासले यस्ता काम प्रभावित बनाएको स्वीकार गरेको छ । अब दिपावली र छठ पर्व सम्पन्न भएसँगै पुल र सडकको मर्मतसम्भारको काम थालिने डिभिजन कार्यालयले जनाएको छ ।

धेरै पुलको आयु खस्किसकेको छ । पुलमा प्रयोगमा आउने स्टिल विशेष खालको भएकाले लन्डनबाट खरिद गर्नुपर्ने आवश्यकता रहेको प्राविधिकको भनाइ छ । विसं २०४० मा राजमार्ग निर्माण गर्दै गर्दा बनाइएका तीपुलको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिक बताउँछन् । राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औसत आयु ४० देखि ५० वर्ष भए पनि स्टिल ब्रिजमा आधारित पुल अहिले भाँचिन थालेका छन् । अरु पुल पनि भाँचिने विज्ञको भनाइ छ ।

महाभारत र चुरे क्षेत्रबाट बग्ने खोलामा ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सावधानी नअपनाउँदा पनि पुलको अवस्था कमजोर बनेको हो । बेला बेलामा सामान्य रुपमा टालटुल पारेर मात्र मर्मत गरिएकाले पुल जीर्ण हुँदै गएको स्थानीयवासीको आरोप छ । बढी भारका कारण राजमार्गका अधिकांश पुल कमजोर भएको प्राविधिकको भनाइ छ ।

सडक डिभिजन कार्यालयका अनुसार पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भार बोक्न हँदैन् तर यहाँ ४० टनसम्म भार बोकिने र त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने गरेको छ । कतिपय पुल साँघुरा भएका कारण ठोक्किँदा कच्ची हुने गरेका छन् ।

गोपालप्रसाद बराल/रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top