नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

१२ कात्तिक, काठमाडौं ।

कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

गत असारदेखि भदौसम्म चलेको स्थायी कमिटी बैठकले कात्तिक १५ देखि १७ सम्म बस्ने तय गरेको बैठक मंसिर १५ गतेसम्मका लागि सारिएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी गरेको वक्तव्यमा उल्लेख छ।

Advertisement

बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ। स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ।

नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक गत वर्ष माघ १५ देखि १९ सम्म बसेको थियो। तेस्रो केन्द्रीय कमिटीको बैठकले महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्ने जनाइएकाे थियाे ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top