१४ कात्तिक, कैलाली । कैलालीमा कुटपिट गरी एक युवकको हत्या भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षका भरत तिमल्सिनाको गएराति हत्या भएको प्रहरीले जनाएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको नेपालगञ्जमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।