×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित चार जना पक्राउ

१४ कार्तिक २०७७

१४ कात्तिक, कैलाली । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका १२ का वडाध्यक्ष पक्राउ परेका छन् ।

वडाध्यक्षसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी, नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, दाइ र भाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्बर १२ कै खुसीराम चौधरी र गीता चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
उनका अनुसार २०७५ साल फागुन २० गते वडाध्यक्ष जोशीले वंशजका आधारमा अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेका थिए । बुबा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेका र खोजी भइरहेको पनि विष्टले जानकारी दिए ।

Advertisement
Advertisement

भारतीय नागरिक अन्सारी अहिले कैलालीकै टीकापुर नगरपालिकाको वडा नम्बर ७ मा बस्दै आएका छन् । प्रहरी नायव उपरीक्षक विष्टका अनुसार पक्राउ परेका चार जनामाथि नागरिकता ऐनअनुसार कारबाही हुनेछ । ऐनमा विदेशीले नेपाली नागरिक भएको झुठो दाबी गरेर नागरिकता प्राप्त गरेमा एक वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

Advertisement

नागरिकताका लागि सिफारिस र सनाखत गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन महिनासम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top