१६ कात्तिक, एजेन्सी ।
बेलायतमा दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि लकडाउनको घोषणा गरेका हुन् ।
यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।लकडाउनमा मानिसहरुलाई घरमै बस्न भनिनेछ । विद्यालय, कलेज र विश्वविद्यालयहरु भने सञ्चालन हुनेछन् । डिसेम्बर दुई तारिखदेखि लकडाउन केही खुकुलो बनाइने पनि उनले बताएका छन्।
बेलायतमा पछिल्लो समय कोरोना संक्रमित र मृतक दर ह्वात्तै बढेको छ । युराेपमा काेराेना संक्रमण पुनः तीव्र हुँदै गएपछि यसअघि फ्रान्सले दाेस्राे लकडाउन घाेषणा गरिसकेकाे छ ।