×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई अध्यक्षको टकरावले पार्टी एकता गम्भीर संकटमा

१७ कार्तिक २०७७

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो ।

प्रचण्ड निकट स्रोतले भने प्रधानमन्त्री पद नमागिएको तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णयविपरीत कार्य गर्न थालेकाले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको दाबी गरेको छ । पछिल्लो भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड आफैंले प्रधानमन्त्री ओलीसँग अब सँगै जान सक्ने अवस्था नरहेको बताएका थिए भने जवाफमा ओलीले पनि त्यसो भए बाटो ‘क्लियर’ गर्दा हुने बताएपछि दुई अध्यक्षबीचको मतभेद सतहमा आएको हो ।

Advertisement
Advertisement

दुवै अध्यक्ष सहमतिका लागि इच्छुक नदेखिएपछि नेकपा भयानक संकटको मोडमा पुगेको स्रोतको दाबी छ । यद्यपि अन्य नेताहरूले भने दुई अध्यक्षलाई मिलाउने कसरत थालेका छन् । ‘कार्यकारी अध्यक्ष आफैंले दुई जना अध्यक्ष सँगै हिँड्न नसक्ने बताएपछि समस्या आएको हो,’ प्रधानमन्त्री निकट स्रोतले राजधानीसँग भन्यो । तर, कार्यकारी अध्यक्ष प्रचण्ड निकट स्रोतले भने प्रचण्डले प्रधानमन्त्रीसँग त्यस्तो भनाइ नराखेको दाबी गरेको छ ।

दुई अध्यक्षको बढ्दो टकरावका कारण सरकार र पार्टीको अवस्था कमजोर बन्दै गइरहेको देखिएको छ । हालै सम्पन्न स्थायी कमिटीको निर्णय र सहमतिपश्चात् साम्य भएको विवाद फेरि बल्झेपछि पार्टी एकता नै संकटमा परेको हो ।

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नै पार्टीभित्र गम्भीर संकट उत्पन्न भएको खुलासा गरेका हुन् । महासचिव पौडेलले आइतबार ट्वीटरमार्फत नेकपाको एकीकृत र अविभाज्य अस्तित्वसामु गम्भीर संकट उत्पन्न भएकाले एकतालाई जोगाउन सबै नेता तथा कार्यकर्तासँग आह्वान गरेका छन् ।

‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकीकृत र अविभाज्य अस्तित्वकासामु गम्भीर संकट उत्पन्न भएको छ,’ महासचिव पौडेलले लेखेका छन्, ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूसमक्ष अनुरोध गर्दछु ।’

Advertisement

उनले आपसी अन्तरविरोधलाई सहमतिमा समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्नुपर्ने आवश्यकतासमेत औंल्याएका छन् । नेकपा स्रोतका अनुसार कार्यकारी अध्यक्षले सरकारलाई सहयोग गर्नुको साटो विभिन्न स्थानमा लगातार गुटको भेला गर्दै हिँड्ने र प्रधानमन्त्री ओलीले पनि स्थायी र सचिवालय कमिटीको निर्णयविपरीतका काम गर्न थालेपछि विवाद बढेको हो ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top